काठमाडौँ, कात्तिक २५
गत शुक्रबारदेखि प्रदर्शनमा आएको बालगायक अशोक दर्जी अभिनित फिल्म ‘मनबिनको धन’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।शुक्रबार देखि सोमबारसम्म राजधानीको हलहरुमा पुगेर कलाकार पुगेर दर्शकको प्रतिक्रिया लिएका थिए ।हल भिजिटमा पुगेका कलाकार दर्जी, निर्देशक टंक बुढाथोकीसहितको टिमलाई दर्शकले मीठो प्रतिक्रिया दिएका छन् ।
फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् । सोमबार काठमाडौंको एक हलमा ७६ वर्षीया वृद्धाले फिल्म हेर्दै त्यसमा समावेश गीत समेत गाएकी थिइन् । यसले फिल्मप्रति दर्शको उत्साह दर्शाउँछ ।
फिल्मले कामकाजी दिनमा समेत देशभर उपलब्ध शोमा राम्रो अुकपेन्सी हासिल गरिरहेको छ । जसले गर्दा हलहरूले फिल्मको शो बढाउन थालेका छन् । मंगलबार धेरै हलमा टिकट दर आधा भएकाले काठमाडौंसहित नेपालगन्ज, इटहरी, बिर्तामोड, दमक, ,बिराटनगर ,चितवन, पोखरा, दाङ, धनगढी लगायतका सहरमा दर्शक उपस्थिति बलियो देखिएको छ । पहिलो दिनमा ९५ शो पाएको फिल्मले अहिले सवा सयको हाराहारीमा सो पाएको छ ।

हल भिजिटमा पुगेका कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ ।दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । फिल्म हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ ।
‘फिल्म प्रदर्शन भएको पाँचौ दिनमा पनि दर्शकको भीड झन् बढेको छ’ । मंगलबार नेपालगञ्जको सिने रोयल हलमा ७ शो र क्यूएफएक्सको बागेश्वरीमा २ शो पाएको सम्पूर्ण सो हाउसफुल छन। अशोक दर्जी र निर्देशक टंक बुढाथोकीको दर्शकको प्रतिक्रिया लिन मंगलबार बिहान नेपालगञ्ज पुगेका छन् । यता राजधानीमा भने कलाकारहरु रमेश विश्वकर्मा, एआर बुढाथोकी ,साम्राज्ञी थापा र सरोज खनाल बिभिन्न हलमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका छन् ।फिल्मले दर्जीसँगै नीता ढुंगाना र रमेश विश्वकर्माको अभिनयको पनि प्रशंसा गरेका छन् ।

चलचित्र अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।
फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।


