• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

‘काजी’ चैत २७ मा रिलिज हुने, फर्स्ट लुक सार्वजनिक

"फर्स्ट लुकमा विपिन कार्कीको दमदार उपस्थिती "
  •   शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित

काठमाडौँ , मंसिर १२
आठ वर्षपछि निर्देशकको कुर्सीमा फर्किएका लक्ष्मण रिजालले निर्माण गरिरहेको नयाँ चलचित्र ‘काजी’ ले आधिकारिक रूपमा प्रदर्शन मिति सार्वजनिक गरेको छ। फर्स्ट लुक पोस्टरसँगै रिलिज डेट घोषणा गर्दै निर्माण टिमले चैत २७ गते दर्शकलाई हलसम्म निम्तो गरेको हो। नयाँ वर्षको छुट्टीसँगै रिलिज हुने भएकाले फिल्मले राम्रो दर्शक आधार पाउने अपेक्षा गरिएको छ।

फर्स्ट लुकमा मुख्य अभिनेता विपिन कार्कीलाई नयाँ अंदाजमा प्रस्तुत गरिएको छ। चिटिक्क मिलाइएको कपाल, दारी र सर्ट पहिरनमा उनी गम्भीर मुद्रामा कतै टोलाउँदै देखिन्छन्—जसले उनको चरित्रमा गहिरो सोच र भावनात्मक तानाबाना संकेत गर्छ। पोस्टरको अर्को भागमा केकी अधिकारीलाई विपिनको मुटुकै वरिपरि अडिएको भावले देखाइएको छ, जसले उनीहरूबीचको स्मृतिमा टेकेको पारिवारिक प्रेमकथाको धागो सूचित गर्छ।

 

विपिन–केकीको जोडीसँगै चलचित्रमा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारको अभिनय रहनेछ।

यससँगै निर्देशक रिजालले झन्डै एक दशकपछि निर्देशनमा पुनरागमन गर्दै आफूले ‘खोजेको जस्तै’ स्क्रिप्ट मिलेपछि ‘काजी’ निर्देशनमा हात हालेको बताएका छन्। उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ निर्देशन गरेका थिए भने ‘डिसेम्बर फल्स’ र ‘गणपति’ निर्माण गरेका थिए।

रिजाल एण्ड रिजल प्रोडक्सनको व्यानरमा बनेको फिल्मका निर्माता रामप्रसाद रिजाल हुन्।कथालाई प्रदीप भारद्धाजले लेखेका छन्, छायांकन चिन्तन राजभण्डारीको छ। संगीतमा कालिप्रसाद बास्कोटा, प्रोडक्सन डिजाइनमा ओजस्वी ओझा, रङ्ग संयोजनमा श्याम कुँवर, साउन्ड डिजाइनमा सागर अर्याल, ब्याक्ग्राउन्ड स्कोरमा सुजिल कर्माचार्य रहेछन्।

क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशन कविराज गहतरजको छ। सम्पादन सुपरभाइजर बनिश शाह, सम्पादक बिपिन मल्ल हुन्।कार्यकारी निर्माता असिम काफ्ले, निर्माता नेहान रिजाल र विकास राज जोशी छन्। वितरण जिम्मा श्रीराम बालाजी फिल्म्सले लिएको छ।

फर्स्ट लुकले ‘काजी’लाई भावनात्मक, स्मृतिसँग मिसिएको लभ–ड्रामाको रूपमा प्रस्तुत गरेको देखिन्छ। अब दर्शकहरूलाई भने चैत २७ सम्म प्रतीक्षा—के ‘काजी’ले नेपाली दर्शकको मन कति जित्छ भन्ने त्यो दिन खुल्नेछ।

शुक्रबार, मङि्सर १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.