• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

फिल्म ‘पीआर’को प्रचारप्रसारमा तीव्रता, नायक–नायिका अष्ट्रेलियाबाट नेपाल फर्किए

  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित

काठमाडौं, मंसिर १५
मंसिर २६ गतेबाट देशभर प्रदर्शनमा आउने नेपाली फिल्म ‘पीआर’को प्रचारप्रसारलाई तीव्र बनाउन निर्माण टिम सक्रिय बनेको छ। अष्ट्रेलियामा बसोबास गर्दै आएका फिल्मका नायक आर.ए. सुरज पौडेल र नायिका विनिता कार्की प्रचार अभियानका लागि नेपाल फर्किएका छन्।

निर्देशक शोभित बस्नेत एक साताअघि अष्ट्रेलिया पुगेर कलाकारसहित आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल फर्किएका हुन्। विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले फिल्मलाई दर्शकमाझ व्यापक रूपमा पुर्‍याउन कलाकारको उपस्थिति महत्वपूर्ण हुने बताए।

बस्नेतले भने, “फिल्मलाई थप उचाइमा पुर्‍याउन कलाकारको ठूलो हात हुन्छ। त्यसैले नायक–नायिकालाई लिएर नेपाल आएको हुँ। अब व्यापक रूपमा प्रमोसनमा लागिन्छ।”

फिल्मका नायक पौडेलले पनि प्रचारकै उद्देश्यले Nepal आएको बताए। “फिल्मको कलाकार खोजिँदैछ भन्ने कुरा अष्ट्रेलियामै सुनेका थियौँ। यही खोजीकै कारण हामी नेपाल आएँ,” उनले बताए।

नायिका विनिता कार्कीका लागि ‘पीआर’ डेब्यु फिचर फिल्म हो। अष्ट्रेलियामा आयोजित विशेष शोमा दर्शकबाट राम्रै प्रतिक्रिया पाएको बताउँदै उनले नेपालमा पनि दर्शकले मनपराइदिने विश्वास व्यक्त गरिन्। “फिल्मलाई लिएर निकै उत्साहित छु,” उनले भनिन्।

निर्माण टिमका अनुसार सोमबारबाट देशभर प्रचारप्रसारका गतिविधि थप सशक्त रूपमा सुरु हुनेछ। हाल ‘टाटा बाइ बाइ’ गीत चर्चामा रहँदा फिल्मको हाइप उल्लेखनीय रूपमा बढेको छ।

फिल्ममा सुरज पौडेल र विनिता कार्कीसँगै नीर शाह, गौरी मल्ल, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा, नवीन घायल लगायतका कलाकारको अभिनय छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिनेछन्।

फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका छन्। लेखन गणेश बुढाथोकी, सम्पादन बन्दे प्रसाद, छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन्। वितरणको जिम्मा आर.आर. फिल्म्सले लिएको छ।

निर्देशक बस्नेतको करिब दस वर्षपछिको कमब्याक मानिएको ‘पीआर’ विदेश प्रदर्शन अधिकार पनि लगातार बिक्री भइरहेको फिल्मका निर्माताले बताएका छन्। केही साताअघि जापानका लागि युना डिजिटलले प्रदर्शन अधिकार खरिद गरिसकेको छ।

सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.