• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

सेन्सर सहज बनाउन बोर्डले ल्यायो नयाँ कार्यविधि

  •   शनिबार, पुष ०५, २०८२ मा प्रकाशित

काठमाडौं , पौष ०५। चलचित्र सेन्सर प्रक्रियालाई सहज, पारदर्शी र झन्झटमुक्त बनाउन केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि–२०७९’ लागू गरेको छ। नयाँ कार्यविधि पुस २ गतेदेखि लागू भइसकेको बोर्डले जनाएको छ।

फिल्म सेन्सर बोर्डका अध्यक्ष उदयबहादुर रानाका अनुसार सेन्सर प्रक्रियामा देखिँदै आएका व्यवहारिक समस्या, ढिलासुस्ती र अनावश्यक झन्झट हटाउन नयाँ कार्यविधि ल्याइएको हो।
उनले भने, “सेन्सर प्रक्रियामा देखिएका जटिलता हटाउने, पुराना त्रुटि सच्याउने र प्रक्रियालाई समयसापेक्ष बनाउने उद्देश्यले कार्यविधि परिमार्जन गरिएको हो।”

नयाँ कार्यविधि लागू भएसँगै फिल्मकर्मीलाई सेन्सर प्रक्रिया अझ सहज हुने अध्यक्ष रानाको भनाइ छ। “यसको मुख्य उद्देश्य सेन्सर बोर्डलाई व्यवस्थित बनाउने र चलचित्रकर्मीलाई सहजता प्रदान गर्नु हो,” उनले बताए।

बैठक र विज्ञ सदस्यसम्बन्धी व्यवस्था परिमार्जन

नयाँ कार्यविधिमा सेन्सर बैठकसम्बन्धी केही व्यवस्था परिमार्जन गरिएको छ। बैठकसम्बन्धी बुँदा नम्बर ४ मा उपदफा (३) थप गर्दै चलचित्र जाँच गर्दा विज्ञ सदस्यको पदावधि सकिएको र नयाँ नियुक्ति नभएको अवस्थामा चलचित्र विकास बोर्डको समन्वयमा मन्त्रालयले तयार पारेको रोस्टरबाट विज्ञ सदस्य आमन्त्रण गरी सेन्सर गर्न सकिने व्यवस्था गरिएको छ। यसले सेन्सर प्रक्रियामा विज्ञको उपस्थितिबारे उठ्दै आएको प्रश्न सम्बोधन गरेको बोर्डले जनाएको छ।

२० बुँदा हटाइयो, १२ बुँदामा सीमित

कार्यविधिको बुँदा नम्बर ४ अन्तर्गत ‘इजाजत माग गर्दा तथा समितिबाट जाँच गर्दा लिइने आधार’ शीर्षकमा रहेको पुरानो कार्यविधिका २० बुँदा घटाएर १२ बुँदा मात्र राखिएको छ। संविधानसँग बाझिएका, अस्पष्ट तथा व्यवहारिक रूपमा जटिल देखिएका बुँदाहरू हटाइएको बोर्डले जनाएको छ।

पशुपंक्षीमाथि अनावश्यक हिंसा, अति नग्नता, अस्वाभाविक यौन क्रियाकलाप, मानव अधिकारको संरक्षण, चलचित्रका दृश्य तथा संवादको आशयलगायत विषयमा स्पष्टता ल्याउँदै परिमार्जन गरिएको हो।

‘सेल्फ सेन्सर’ प्रणालीको विकास

नयाँ कार्यविधिको महत्वपूर्ण पक्षका रूपमा बोर्डले ‘सेल्फ सेन्सर’ प्रणाली विकास गरेको छ। यसअन्तर्गत फिल्मकर्मीले सेन्सरमा बुझाउनु अघि आफैंले आफ्नो फिल्म जाँच गर्न सक्ने व्यवस्था गरिएको छ। त्यसका लागि बोर्डले विशेष फारामको समेत व्यवस्था गरेको छ।

अध्यक्ष रानाका अनुसार, “सेल्फ सेन्सर भनेको फिल्मकर्मीले आफ्नै फिल्मका सम्भावित त्रुटि आफैं पहिचान गरेर सच्याउने प्रणाली हो। यसले सेन्सर बोर्ड र फिल्मकर्मी दुवैलाई अनावश्यक झन्झटबाट मुक्त गर्छ।”

सेल्फ सेन्सर प्रणाली लागू भएपछि सेन्सर प्रमाणपत्र लिन पनि सजिलो हुने, समय बचत हुने र सेन्सर प्रक्रिया अझ छरितो हुने बोर्डको विश्वास छ।

शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.