• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

बागमती किनारका किसानलाई तरुल खन्न भ्याइनभ्याई

  •   शनिबार, पुष १९, २०८२ मा प्रकाशित

बरहथवा (सर्लाही)– माघे सङ्क्रान्ति नजिकै गर्दा सर्लाहीको बागमतीमा किसानलाई तरुल खन्न भ्याइ नभ्याई हुन थालेको छ ।पुसको ठिहिरोमा किसान बागमती नदी किनारमा तरुल खन्न व्यस्त देखिने गरेका छन् । जिल्लाको बागमती नगरपालिका–४, ५ र ६ स्थित बागमती बगरमा तरुल खेती हुँदै आएको छ । सिँचाइको राम्रो व्यवस्था नभएको बगर तरुल खेतीको लागि भने निकै उपयुक्त जमिन हो । यहाँ लगभग ५०० हेक्टर क्षेत्रमा वर्षेनी तरुल उत्पादन हुने गरेको नगर कृषि शाखाका प्राविधिक हिमाल शाहीले बताउनुभयो ।

यहाँ उत्पादन भएका तरुल काठमाडौँस्थित कालिमाटी तरकारी बजार हुँदै देशका अन्य ठूला सहरसम्म पुग्ने गरेको छ । तरुलले राम्रो बजार पाएको समयमा प्रशस्त आम्दानी लिन सकिने स्थानीय किसानसमेत रहनु भएका सङ्कलन कर्ता रामसुन्दर महतोले बताउनुभयो । उहाँका अनुसार गत वर्ष राम्रो मूल्य पाउँदा तरुलबाट प्रसस्त आम्दानी भएको थियो ।

गत वर्ष पुसको अन्तिम साता १०० देखि १२० रुपैयाँ किलोसम्ममा तरुल बिक्री भएको उहाँले बताउनुभयो । यस वर्ष पनि राम्रो आम्दानी हुने उहाँको अपेक्षा छ । कृषि उपजको मूल्यस्थिर नहुने भएकाले बजार जुवाको खाल बन्ने गरेको उहाँ सुनाउनु हुन्छ । महतोले अहिले यामको सुरुआत भएकोले प्रतिकिलो ५० देखि ७० रुपैयाँसम्ममा तरुल बिक्री गरिरहेको बताउनुभयो ।

यस वर्ष अन्य पाँच÷छ जना साथी मिलेर १५० बिघाको तरुल ठेक्का लिएको उहाँले सुनाउनुभयो । यहाँ विशेष गरी पताले र सेतो तरुल उत्पादन गर्ने गरिएको छ । वैशाखमा मकैसँगै लगाएको तरुल मङ्सिरदेखि फागुनसम्म खन्ने गरिन्छ । माघे सङ्क्रान्तिमा अत्यावश्यक फलारको रूपमा प्रयोग हुने तरुलको अन्य समयमा तरकारीको रूपमा ठुलो माग छ ।

बागमती नगरपालिका–५, राजघाटका तरुल किसान हेमबहादुर पुलामीका अनुसार एक कठ्ठा तरुल खेतीको लागि १० देखि १३ हजारसम्म खर्च लाग्छ । मौसम मिलेर राम्रो उत्पादन हुँदा सामान्यतया कठ्ठामा १२ देखि १८ क्विन्टलसम्म तरुल फल्छ । यसरी फलेको तरुलले ७० देखि ८० रुपैयाँ किलो मूल्य पाउँदा पनि लाख बढी आम्दानी हुने उहाँको अनुमान छ ।

एक पटक रोप्ने समयमा र एक पटक गोडमेलको लागि मात्र मजदुर लाग्ने भएकोले यस खेतीबाट राम्रो आम्दानी हुने तरुल किसान पुलामीको भनाइ छ । लागत कम हुने उत्पादन धेरै हुने र मूल्य राम्रो पाइने भएकोले आफूले वर्षेनी तरुल खेती गर्ने गरेको उहाँको भनाइ थियो ।

शनिबार, पुष १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.