• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

हिन्दी चलचित्रमा वर्षा राउत

  •   सोमबार, पुष २८, २०८२ मा प्रकाशित
काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्ने भएकी छिन्। हालै काठमाडौंमा उनले हिन्दी फिचर चलचित्र ‘रिमझिम गिरे सावन’मा मुख्य भूमिकाका लागि निर्माण पक्षसँग सम्झौता गरेकी छन्।
सन् २०१६ को व्यावसायिक रूपमा सफल चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट अभिनय यात्रा सुरु गरेकी वर्षाले ‘छक्का पन्जा’, ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘दाल भात तरकारी’ जस्ता ब्लकबस्टर चलचित्रहरू दिएकी छिन्। नेपाली रजतपटमा आफ्नो बलियो पकड जमाएकी वर्षाका लागि यो विदेशी भाषाको चलचित्रमा पहिलो मुख्य भूमिका हो। यससँगै उनी विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने सशक्त कलाकारको रूपमा अघि बढेकी छिन्।
कथावस्तु र पृष्ठभूमि यो चलचित्र उत्तरी सिक्किमको लाचुङको रमणीय तर दुर्गम पहाडी भूभागमा आधारित एक सामाजिक ड्रामा हो। नेपाली समुदायको परिवेश समेटिएको यस चलचित्रले मृत्युदण्डको सजाय पाएकी एक विवाहित महिला तथा एक सन्तानकी आमा ‘रिमझिम क्षेत्री’को सङ्घर्षपूर्ण कथालाई चित्रण गर्छ, जसमा रिमझिमको भूमिकामा राउतले अभिनय गर्नेछिन्। ‘रिमझिम गिरे सावन’ले प्रणालीगत भ्रष्टाचार, न्याय र मर्यादाका लागि एक महिलाले गर्ने भावनात्मक र साहसी सङ्घर्षलाई पर्दामा उतार्ने निर्देशक अर्नब पलले बताए।
यस चलचित्रलाई बङ्गाली चलचित्र उद्योगका बहु आयामिक निर्देशक अर्नब पलले निर्देशन गर्दैछन्। यसअघि ‘तान्त्रिक’ जस्तो क्राइम थ्रिलर र ‘मेघमल्लार’ जस्ता भावनात्मक कथा बोकेको चलचित्र निर्देशन गरिसकेका पलले ‘वृष्टि तोमाके दिलाम’ बाट नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारिसकेका छन्। साथै उनले सान्टियागो इन्टरनेशनल ग्लोबल फिल्म अवार्ड्स लगायतका प्रतिष्ठित महोत्सवहरूमा उत्कृष्ट निर्देशकको अवार्ड जितेर अन्तर्राष्ट्रिय प्रशंसा कमाइसकेका छन्।
यस चलचित्रमा बलिउडका स्थापित कलाकारहरू सुब्रत दत्त, राजेश शर्मा, आशिष् विद्यार्थी र यशपाल शर्माको मुख्य भूमिका रहने पक्का भइसकेको छ। रिमझिमकी दिदी ‘रुन्झुन’को भूमिकामा कोलकाताकी कलाकार सुस्मिता बसुमता देखिनेछिन् भने ‘सावन’को भूमिकाका लागि एक चर्चित बलिउड अभिनेताको खोजी भइरहेको निर्माण पक्षले जनाएको छ।
अभिनय यात्राको नयाँ खुड्किलो आफ्नो नयाँ यात्राप्रति उत्साह व्यक्त गर्दै वर्षाले भनिन्, “मैले खोजिरहेको र मेरो अभिनय क्षमतालाई चुनौती दिने खालको भूमिका पाएकी छु। हिउँले भरिएको कठिन भूगोलमा छायाङ्कन गर्नु चुनौतीपूर्ण भए पनि यो मेरा लागि सिक्ने र बढ्ने अवसर हो। भारतमा ख्याति कमाएको टिमको चलचित्र र बलिउड कलाकारहरूसँग काम गर्न पाउनु मेरो लागि गर्वको कुरा हो।”
निर्देशक अर्नब पलका अनुसार वर्षाको छनोट उत्कृष्ट अभिनय क्षमताका कारण गरिएको हो। नेपाली कलाकार नै छनोट गर्नुपर्ने अवस्था हिन्दी बोल्ने तर नेपाली लवजमा हुनुपर्ने भएको कारण रहेको उनले बताए। उनले वर्षालाई मनीषा कोइरालापछिको हिन्दी सिनेमामा सशक्त नेतृत्वदायी भूमिका निभाउने नेपाली अभिनेत्रीका रूपमा चित्रण गरे।
चलचित्रको पटकथा भेट्रान लेखक राकेश कुमार त्रिपाठीले तयार पारेका हुन्। सन् २००२ देखि लेखन र गीतकारका रूपमा सक्रिय त्रिपाठीका ७०० भन्दा बढी गीत र १५ वटा टेलिभिजन शृङ्खलाहरू छन्। उनको अर्को चलचित्र ‘तुम रहे ना तुम’ सन् २०२६ मा रिलिज हुँदैछ।
प्राविधिक विभागमा भारतीय राष्ट्रिय पुरस्कार विजेताहरू सामेल छन्, जसमा डिओपी असिम बोस, सम्पादक अर्घ्य कमल मित्र र कला निर्देशक अतनु साहा रहेका छन्। विभिन्न चलचित्र उद्योगमा १२ वर्षको अनुभव बटुलेकी नाङ एनी गोगोईले लाइन प्रोड्युसर र कस्ट्युम डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्। यसका साथै, नेपालका तर्फबाट रामगोपाल तिमल्सिना र नृपेश रुपाखेती प्रोडक्सन म्यानेजरको रूपमा रहेका छन्।

सोमबार, पुष २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.