• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

सङ्कटमा स्वास्थ्य बिमा कार्यक्रम

  •   शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित

काठमाडौँ, माघ २ गते  ।  सेवाप्रदायक संस्थालाई भुक्तानी दिन नसक्दा स्वास्थ्य बिमा बोर्ड सङ्कटमा पुगेको छ ।  अस्पतालहरूले धमाधम स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्न थालेपछि सङ्कटमा पुगेको हो । सरकारले सेवाप्रदायक स्वास्थ्य संस्थालाई भुक्तानीका लागि रकम उपलब्ध नगराएपछि अस्पतालहरूले यो कार्यक्रम बन्द गर्न थालेका हुन् ।

बिहीबारदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले पनि स्वास्थ्य बिमाबाट हुने सम्पूर्ण सेवा बन्द गरेको छ । यस्तै सरकार मातहत रहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले हालसम्म ‘इन्डोर’ सेवामा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न सकेको छैन । ओपिडी (बहिरङ्ग) र फार्मेसीमा मात्र बिमा कार्यक्रम लागु गरेको गङ्गालाल हृदय केन्द्रलाई बोर्डले साढे १३ करोड भुक्तानी गर्न बाँकी छ । सो केन्द्रले विपन्न कार्यक्रम अन्तर्गतको २७ करोड रुपियाँ सरकारसँग लिन बाँकी छ ।

स्वास्थ्य बिमा र विपन्न गरी ४० करोड ५० लाख रुपियाँ भुक्तानी हुन नसक्दा सहिद गङ्गालाल हृदय केन्द्रले पनि बिमा कार्यक्रम बन्द घोषणा मात्र गर्न बाँकी छ । “हामीले उपचार गरेको भुक्तानीसमेत सरकारबाट पाउन नसक्दा थप सेवा दिन कठिन भयो,” अस्पतालका एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भन्नुभयो, “स्वास्थ्य बिमामार्फत लागु भएको ओपिडी र फार्मेसी सेवामा समेत बन्द गर्ने अवस्थामा पुगेका छौँ ।”

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमाबाट हुने सेवा बन्दबारे अस्पतालका उपनिर्देशक प्राडा पवन चालिसेले सरकारले करोडौँ रकम भुक्तानी नदिएपछि स्वास्थ्य बिमाबाट हुने सेवा बन्द गरेको जानकारी दिनुभयो ।

उपनिर्देशक प्राडा चालिसेले भन्नुभयो, “त्रिवि शिक्षण अस्पतालले दाबी गरेकामध्ये ३० देखि ४५ प्रतिशतसम्म दाबी खारेज गरिएपछि उपचार गर्न सक्ने स्थितिमा अस्पताल रहेन ।” यति मात्र होइन, त्रिवि शिक्षण अस्पतालमा बिमा बोर्डले ४० करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ ।

“हामीले निरन्तर रूपमा बिमा बोर्डलाई दाबी पठाएका छौँ तर महिनौँ बितिसक्दा पनि ठुलो रकम भुक्तानी नआउँदा अस्पतालको औषधी खरिद, उपकरण मर्मत र दैनिक सञ्चालन खर्च धान्न गाह्रो भयो,” उहाँले भन्नुभयो । उहाँका अनुसार बोर्डले तोकेको सेवा दर र अस्पतालको वास्तविक खर्चबिच ठुलो अन्तर छ ।  सरकारले सर्वसाधारण नागरिकलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बिमा कार्यव्रmम सुरु गरेको थियो । बोर्डले अस्पतालहरूलाई समयमै भुक्तानी गर्न नसक्दा मुलुकका ठुला सरकारी अस्पताल नै बिमा सेवा रोक्न बाध्य भएका हुन् ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले भुक्तानीका लागि सरकारले रकम उपलब्ध नगराएपछि सेवा प्रदायक संस्थालाई थप भुक्तानी दिन नसकेको प्रस्ट पार्नुभयो । उहाँले गत वैशाखदेखि असोज महिनासम्मको ४६ प्रतिशत भुक्तानी भइसकेको जानकारी दिँदै अब ११ अर्ब भुक्तानी हुन बाँकी रहेको बताउनुभयो ।

कार्यकारी निर्देशक डा. काफ्लेले भुक्तानीमा ढिलाइ हुनुको मुख्य कारण बजेट अभाव र दाबी व्यवस्थापन प्रणालीको कमजोरी रहेको बताउनुभयो । बिमितको सङ्ख्या बढिरहेको छ तर त्यस अनुसार बजेट समयमै निकासा हुन नसक्दा थप समस्या आएको हो ।

उहाँका अनुसार स्वास्थ्य बिमा ऐनमा भएको विषयलाई मात्र कार्यान्वयन गर्ने हो भने समस्या नआउने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य बिमा कार्यक्रम जनताको पहुँचमा उपचार पु¥याउने महìवपूर्ण योजना भएको बताउनुभयो । उहाँले हाल देखिएका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभयो । बजेट व्यवस्थापन, कानुन, दररेट पुनरवलोकन र अस्पतालसँगको समन्वय सुधार गरी बिमा कार्यव्रmमलाई दिगो बनाउने दिशामा अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

स्वास्थ्य बिमा कार्यव्रmम सरकारले २०७२ सालमा स्थापना गरेको हो । स्वास्थ्य बिमा बोर्डका सुरुवाती अवस्थाका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले स्वास्थ्य बिमा कार्यव्रmमलाई व्यवस्थित रूपमा अगाडि बढाउन र नागरिकलाई स्वास्थ्य सेवासम्बन्धी सामाजिक सुरक्षा प्रदान गर्न बोर्ड गठन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा पाइलट प्रोजेक्टका रूपमा स्वास्थ्य बिमा कार्यव्रmम कैलाली, बागलुङ र इलाम जिल्लाबाट सुरु भएको थियो । स्वास्थ्य बिमा बोर्ड गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पु-याउने उद्देश्यले सञ्चालन गरिएको हो । स्वास्थ्य सेवा प्राप्त गर्दा अचानक आउने ठुलो खर्च, उपचार, औषधी तथा पारिवारिक आर्थिक सङ्कटका लागि स्वास्थ्य बिमाको अवधारणा ल्याइएको हो ।

गरिब, विपन्न, अशक्त, अपाङ्ग जस्ता समूहलाई प्राथमिकता दिएर स्वास्थ्य सेवा प्राप्तिमा सबैको पहुँच सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य बिमा लागु गरिएको थियो ।

शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.