• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

महिला दृष्टिकोणबाट ब्रेकअपको कथा : ‘रमिताको पिरती’ ट्रेलरपछि चर्चामा

  •   बुधबार, माघ १४, २०८२ मा प्रकाशित

काठमाडौँ । आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरपछि चर्चामा आएको छ। नेपाली चलचित्रमा प्रायः पुरुष पात्र केन्द्रमा रहने परम्परालाई तोड्दै यो फिल्म रमिता पात्रको दृष्टिकोणबाट कथा अघि बढाउँछ।

साँचो प्रेमको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतार–चढाव नै फिल्मको मुख्य विषय हो। फिल्ममा रमिताको भूमिकामा आना शर्मा देखिएकी छन् भने उनीसँगै धिरज मगर र विनय श्रेष्ठ को अभिनय रहेको छ। यही फिल्ममार्फत गायक समीर श्रेष्ठले अभिनेताको रूपमा डेब्यु गरेका छन्। यी तीन पात्रको सेरोफेरोमा फिल्मको कथा घुमेको छ।

विशेष कुरा के छ भने अभिनेत्री आना शर्मा यस फिल्ममा अभिनेत्री मात्र नभई कार्यकारी निर्माता को भूमिकामा पनि देखिएकी छन्। महिला केन्द्रित कथामा पहिलोपटक देखिएकी आनाले ब्रेकअपपछिको आत्मखोज, आत्मस्वीकृति र आत्मसम्मानको भावनात्मक यात्रालाई फिल्मले प्रस्तुत गरेको बताइन्।

उनले भनिन्,

“रमिताको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढाइएको छ। फिल्म ब्रेकअपबाट सुरु भए पनि यो केवल ब्रेकअपको कथा होइन, त्यसपछिको आत्मखोज र आफूलाई स्वीकार गर्ने यात्राको कथा हो। हामीले नियमित फिल्मभन्दा केही फरक गर्ने प्रयास गरेका छौँ।”

रमिता पात्रलाई जीवन्त बनाउन आफूले निर्देशक सुदिप्ता सँग करिब छ महिना वर्कसप र छलफल गरेको आना बताउँछिन्।

“पात्रलाई बुझ्न, एक्सप्लोर गर्न र आफूमा उतार्न निर्देशकसँग लामो समय काम गरेँ। अहिले फिल्म रिलिजको संघारमा आइपुग्दा निकै उत्साहित छु,” उनले भनिन्।

फिल्मको सुरुआतमा कलाकारको रूपमा मात्रै स्क्रिप्ट सुनेर आबद्ध भएकी आना पछि निर्देशक सुदिप्ता र निर्माता सागर लम्साल सँग नजिकबाट काम गर्दै कार्यकारी निर्माताको जिम्मेवारी सम्म पुगेकी थिइन्।

“सानो कोर टिम थियो। दैनिक मिटिङ, वर्कसप हुँदै निर्णय प्रक्रियामा सँगै पुग्यौँ। निर्माता सागरजीले ममाथि विश्वास गरेर एक्जिक्युटिभ प्रोड्युसरको जिम्मेवारी दिनुभयो, जुन मेरो लागि ठूलो सिकाइ बन्यो,” आनाले अनुभव सुनाइन्।

फिल्मले विशेषगरी युवा पुस्ता र युवतीहरूलाई लक्षित गर्दै आत्ममूल्य, आत्ममाया र आत्मसम्मानको सन्देश दिने उनको विश्वास छ।

“पहिला आफूलाई माया गर्नुपर्छ, आफूलाई केयर गर्नुपर्छ, अनि मात्र अरूलाई माया दिन सकिन्छ भन्ने सन्देश फिल्मले दिन्छ,” उनले भनिन्।

फिल्ममा सोसल मिडियाको प्रभाव, बाह्य स्वीकृतिको खोजी र त्यसले मानसिक स्वास्थ्यमा पार्ने असर पनि चित्रण गरिएको छ। रमिताको पात्र एक चरणमा अरूको स्वीकृतिमा निर्भर हुने देखाइन्छ, जुन आजको पुस्तासँग गहिरो रूपमा सम्बन्धित रहेको आनाको भनाइ छ।

फिल्ममा समीर श्रेष्ठ र आना शर्माले निभाएका पात्रबीचको प्रेम सम्बन्धलाई गीतमार्फत प्रस्तुत गरिएको छ, जसले प्रेमको सुरुआती चरण र भावनात्मक कनेक्सनलाई उजागर गर्छ।

बुधबार, माघ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.