• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

‘कुमारी’सँग युवाको संवाद : सिनेमा र सङ्गीतमा खोजिँदै नयाँ स्वाद

  •   बिहिबार, माघ १५, २०८२ मा प्रकाशित

काठमाडौं : माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुमारी’ को टिमले “नेपाली चलचित्र, सङ्गीत र मिडियाबाट युवा पुस्ताले के अपेक्षा राखेका छन् ?” भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबली मा सम्पन्न कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी, युवा सहभागीलगायत करिब ५ सय जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा चलचित्र ‘कुमारी’को टिमसँगै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा मदन पुरस्कार विजेता लेखक अमर न्यौपाने, सञ्चारकर्मी नरेश भट्टराई, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता महेन्द्र अधिकारी, गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्डका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी ३० जना युवाहरूले नेपाली चलचित्र, सङ्गीत र मिडियासम्बन्धी आफ्ना धारणा खुला रूपमा राखेका थिए। यस्ता किसिमका छलफल कार्यक्रमले आफूहरूलाई आफ्ना भावना व्यक्त गर्ने अवसर दिएको भन्दै युवाहरूले खुसी व्यक्त गरे।

सहभागी युवाहरूले निर्देशक दिनेश राउतका अघिल्ला चलचित्रहरूको प्रशंसा गर्दै चलचित्र जीवन बुझ्ने सशक्त माध्यम भएको बताए। उनीहरूको भनाइ थियो,
“हामी चलचित्र हलमा समय बिताउन मात्र जाँदैनौँ। सिनेमाले हाम्रो संस्कृति देखाउनुपर्छ, मौलिकता हुनुपर्छ।”

सामाजिक सञ्जाल युवालाई प्रभाव पार्ने प्रमुख माध्यम बनेको उल्लेख गर्दै कतिपय समीक्षामा अतिरञ्जना हुने गरेकोप्रति युवाहरूले चिन्ता व्यक्त गरे। नेपाली चलचित्र आफूहरूले अपेक्षा गरेजस्तो स्तरमा नपुगेको भन्दै राम्रो सिनेमा हेर्न विदेशी फिल्मतर्फ आकर्षित हुनुपरेको गुनासो पनि उनीहरूले गरे।

सङ्गीतप्रति युवाको अपेक्षा स्पष्ट देखिएको थियो। उनीहरूले भने,
“गीतमा हिरो–हिरोइनको लुक्सभन्दा भावना चाहिन्छ। सङ्गीत मनोरञ्जनका लागि मात्र होइन, जीवनसँग जोडिन सक्नुपर्छ।”

चलचित्र ‘कुमारी’को चर्चित गीत ‘डोको बुन्ने’ ले सङ्गीतको मौलिक ‘एसेन्स’ बोकेको भन्दै युवाहरूले खुलेर प्रशंसा गरे।

चलचित्रका अभिनेता अभिषेक खड्का ले आफू पनि पहिले पश्चिमा चलचित्रबाट बढी प्रभावित भए तापनि पछिल्लो समय नेपाली चलचित्रले उल्लेखनीय फड्को मारेकोमा खुसी व्यक्त गरे। उनले आफूले डेब्यु गरेको चलचित्र ‘कुमारी’ पछिल्लो पुस्ताले खोजेको स्वाद बोकेको बताउँदै ढुक्कसँग हलमा गएर हेर्न आग्रह गरे।

सञ्चारकर्मी नरेश भट्टराई ले युवालाई मिडिया तथा सामाजिक सञ्जालमा देखिने सबै सामग्री सजगतापूर्वक बुझेर मात्र विश्वास गर्न सुझाव दिए।
लेखक अमर न्यौपाने ले साहित्य र सिनेमाबीचको सम्बन्ध स्पष्ट पार्दै भने,
“किताब कलमले लेखिएको साहित्य हो भने, सिनेमा क्यामेराले लेखिएको साहित्य हो।”

चलचित्रका लेखक विकास सुवेदी ले युवामा देखिने निराशा देशका लागि घातक हुने धारणा राखे। उनले चलचित्र ‘कुमारी’ ले नेपाली चलचित्रप्रतिको केही हदसम्मको निराशा हटाउने विश्वास व्यक्त गरे।
उनले भने,
“आवरण धेरैको मिल्न सक्छ तर भित्री कुरा फरक हुन्छ। ‘कुमारी’ सामान्य प्रेमकथा होइन। बाहिर देखिएजस्तो मात्र यो चलचित्र होइन, ट्रेलरमै सबै कुरा सकिँदैन।”

निर्देशक दिनेश राउत को निर्देशनमा बनेको चलचित्र ‘कुमारी’ बाट अभिषेक खड्का र आकृति राजभण्डारी ले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ।

विनिश इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा विकास सुवेदी ले लेखेका हुन्। छायाङ्कन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपाने ले गरेका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन को रहेको छ भने कार्यकारी निर्माता केदार भुसाल हुन्।

चलचित्रका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ ले दर्शकमाझ राम्रो चर्चा पाइसकेका छन्। विशेषगरी ‘डोको बुन्ने’ गीतले युट्युबमा ७२ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। चलचित्रका सबै गीतमा केहर सिंह लिम्बु को स्वर रहेको छ।

प्रेमकथामा सफल पहिचान बनाइसकेका निर्देशक दिनेश राउत सामाजिक विषयपछि पुनः प्रेम कथामा फर्किएको चलचित्र ‘कुमारी’ ले स्वदेश तथा विदेशका दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.