• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

बर्दियामा ३७ करोडको केरा बिक्री

  •   बुधबार, माघ २१, २०८२ मा प्रकाशित

बर्दियामा यस वर्ष ३७ करोड बराबरको केरा बिक्री भएको छ ।

बर्दिया जिल्लाका छ सय किसानहरूले ७५० हेक्टर क्षेत्रफलमा करिब ३८ हजार मेट्रिक टन केरा उत्पादन गरेका छन् । बर्दियामा एक हेक्टरमा करिब ५० मेट्रिक टन केरा उत्पादन हुँदै आएको केरा व्यवसाय सङ्घ बर्दियाका अध्यक्ष टोपलाल विकले बताउनुभयो ।

यस वर्षको केराको सिजनमा किसानहरूले ३७ करोडको केरा बिक्री गर्न सफल भएको उहाँले बताउनुभयो । सुरुको समयमा केरा नबिके पनि सरकारले भारतबाट केरा आयात पूर्णरूपमा रोकेपछि केराको बिक्री बढेको थियो ।

दसैँसम्म नबिकेको केरा सरकारले भारतीय केरा रोग लागेको भेटाएपछि केरा आयातमा रोक लगाएको थियो । त्यसपछि बर्दियामा उत्पादन भएका केरा धमाधम बिक्री भएका थिए ।दसैँ अगाडिसम्म काँचो केरा तीन सय रुपियाँ प्रति क्रेट बिक्री गर्न बाध्य किसानले केरा आयात बन्द भएपछि पाँच सय रुपियाँसम्म मूल्य पाएका थिए ।

यस वर्ष गत वर्षको तुलनामा केरा किसानको आम्दानी केही घटेको छ । सुरुमा केरा बिक्री नभएको र पछि बर्सातको कारणले बिक्री गर्न तयार भएका केरामा ढुसी लागेपछि उत्पादनमा कमी आएको थियो ।

बर्दिया जिल्लामा केरा जोन कार्यक्रम लागु भएपछि करिब ७५० हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।गत वर्ष बर्दियामा वार्षिक ४० करोड बराबरको केराको कारोबार भएको थियो । केरा खेती गर्ने किसानले विगत १४ वर्षदेखि सरकार समक्ष भारतीय केराको आयात बन्द गर्नुपर्ने माग राख्दै आएका थिए ।

यस वर्ष पनि किसान कृषि मन्त्रालय मै पुगेर केराको आयात रोक्नुपर्ने माग गरेका थिए । सोही समय भारतमा केरामा लाग्ने टि आर फोर नामक रोगको प्रकोप फैलिएपछि केरा आयात पूर्णरूपमा बन्द भएको अध्यक्ष विकले बताउनुभयो ।

भारतबाट आयात बन्द भएपछि बर्दियामा केरा खेती थप विस्तार हुने सम्भावना बढेको छ । केरा किसान टीकाकुमारी सम्सेली मगरले नेपाली केराले नै बजारको माग धान्ने बनाउनका लागि थप खेती विस्तार तर्फ लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो,“अब केराको बजार मूल्यको चिन्ता भएन अरु किसानलाई पनि केरा खेती गर्न प्रेरित गरिरहेका छौँ । किसानलाई सङ्गठित बनाएर सामूहिक रूपमा केरा खेती गर्ने सोच बनाएका छौँ ।”

किसानले यस वर्ष केरा खेती थप गर्न थालेको केरा किसान तथा व्यवसायी शम्भुप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,“किसान केरा खेती तर्फ थप आर्कषित भएका छन् । अब केरा खेतीको क्षेत्रफल बढ्ने सम्भावना रहेको छ ।”बर्दियामा केरा खेती विस्तार सँगै व्यवस्थित हुँदै गएको छ । केरा पकाउने र स्टोर गर्न मिल्ने च्याम्बर, टिस्युकल्चर केरा नर्सरी, केराको थामबाट रेसा निकाल्ने उद्योग स्थापना भएका छन् ।

बुधबार, माघ २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.