काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन्।
शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहँदै आएका थिए। नेपाली सिनेमा र रंगमञ्चमा उनको योगदान उल्लेखनीय मानिन्छ।
भिडियो फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा शुरू गरेका उनी चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी चिनिन्छन् ।
उनको निधनले नेपाली कला क्षेत्रलाई गहिरो शोकमा डुबाएको छ। शोकसन्तप्त परिवार, आफन्त तथा समस्त कला समुदायप्रति हार्दिक समवेदना।
तपाईको प्रतिक्रिया


