• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

‘कुमारी’ निर्माता महेन्द्र अधिकारीको अबको बाटो: नाफा मात्र होइन, जिम्मेवारी पनि हो चलचित्र

  •   बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित

काठमाडौं – कुनै पनि चलचित्र रिलिज हुँदा दुई वटा नतिजाको अपेक्षा गरिन्छ, ‘कि त बक्स अफिसमा पैसाको वर्षा, कि त दर्शक र समीक्षकको वाह वाही।’ तर, कहिलेकाहीँ उद्योगमा यस्तो विरोधाभास देखिन्छ, जहाँ समीक्षकले चलचित्रलाई उत्कृष्ट भन्छन्, दर्शकले कथाको प्रशंसा गर्छन्, तर निर्माताको गोजी भने रित्तै रहन्छ। हालै प्रदर्शनमा आएको चलचित्र ‘कुमारी’ ले ठ्याक्कै यही नियति भोग्यो।

‘प्रकाश’ जस्तो सशक्त चलचित्र दिएर उद्योगमा आफ्नो अलग छाप बनाएका निर्माताका लागि ‘कुमारी’ को व्यावसायिक असफलता एउटा पाठ बनेको छ। उनी चलचित्रको यो नतिजालाई लुकाउने वा ढाकछोप गर्ने प्रयासमा छैनन्, बरु एक परिपक्व व्यवसायी झैँ यसको निर्मम समीक्षा गर्न तयार देखिन्छन्।

चलचित्रलाई उनी विशुद्ध व्यवसाय मान्छन्। “हरेक व्यवसायको उद्देश्य नाफामूलक हुनुपर्छ,” उनी स्पष्ट भन्छन्। तर, सधैँ सोचेजस्तो नतिजा नआउने यथार्थलाई पनि उनी उत्तिकै सहजताका साथ स्विकार्छन्। “मेरो बुझाइमा कुनै पनि व्यवसायले यदि नाफा आर्जन गर्न सकेन भने त्यसको कारक तत्त्व पत्ता लगाई तुरुन्त समाधान गर्नुपर्छ,” उनी भन्छन्, “यदि यो समस्यालाई हलुका रूपमा लियो भने यसपछिका अरू निर्माताहरूलाई पनि लगानी गर्न एक चोटि सोच्न बाध्य बनाउँछ।” तर, उनी हताश छैनन्। व्यवसायमा ‘युनिभर्सल फ्याक्ट’को नियम लागू हुने उनको तर्क छ, “व्यवसाय सधैँ नाफामूलक मात्र नभई कहिलेकाहीँ नाफारहित पनि हुन सक्छ।” ‘कुमारी’ लाई उनी यसैको ज्वलन्त उदाहरण मान्छन्।

एउटा चलचित्र असफल हुँदा पर्दा पछाडि लगानी गर्ने निर्माताको मनोविज्ञान कस्तो हुन्छ ? उनी भन्छन्, “व्यवसायले सोचे अनुसार व्यापार नगरिसकेपछि निर्मातामा नकारात्मक असर त पर्छ नै।” तर यो असर आर्थिक मात्र होइन। उनका अनुसार चलचित्रसँग जोडिएका प्राविधिकदेखि कलाकारसम्म हरेक व्यक्तिको आशाको केन्द्रबिन्दु नै निर्माता हुन्। त्यसैले जब लगानी डुब्छ, निर्मातालाई चौतर्फी दबाब महसुस हुन्छ।

यद्यपि, उनी विगतका कमजोरीहरूलाई लिएर रुमल्लिनुको साटो अत्यन्त संवेदनशील भएर अगाडि बढ्ने सोचमा छन्। “कमजोरी सच्याएर फेरि अर्को प्रोजेक्ट गर्नुलाई म सकारात्मक नै मान्दछु,” उनको आत्मविश्वास छ।

नेपाली चलचित्र बजारमा अहिले ‘स्टार कास्ट’ बिना चलचित्र चल्दैन भन्ने भाष्य निर्माण भइरहेको छ। ‘कुमारी’ को नतिजाले के अब उनलाई पनि स्टारहरूको पछि लाग्न बाध्य पार्ला ? उनी यसलाई पूर्ण सत्य मान्न तयार छैनन्। “सधैँ एकै खालको फर्मुला प्रयोग गर्दा नतिजा एउटै आउँछ भन्ने हुँदैन,” उनी तर्क गर्छन्। उनी समयसँगै चलचित्र निर्माताहरूको सोचमा आएको परिवर्तनलाई नयाँ अनुहारहरूको आगमनसँग जोड्छन्। उनको स्पष्ट अडान छ, “चलचित्रमा कलाकारको छनौट स्टारडम हेरेर होइन, कथावस्तु र पात्रको माग अनुसार हुनुपर्छ। कथाले न्याय माग्दा स्थापित कलाकार पनि हुन सक्छन् वा नयाँ अनुहार पनि। यो मेरो रोजाइ होइन, कथाको माग हो।”

बजारले उनलाई ‘आँटिला निर्माता’ को उपमा दिएको छ। तर, उनी यसलाई ‘आँट’ भन्दा पनि आफ्नो पेसाप्रतिको इमानदारिता र जिम्मेवारी भन्न रुचाउँछन्। “चलचित्र निर्माण केवल लगानी मात्र नभएर यो रहर र जिम्मेवारी पनि हो,” उनी भन्छन्, “दर्शकलाई गुणस्तरीय सामग्री दिनु हाम्रो दायित्व हो। मेरो पहिलो चलचित्र ‘प्रकाश’ र अहिलेको ‘कुमारी’ यसका उदाहरण हुन्।”

के अब उनी बाटो मोडेर पुरानो फर्मुला प्रयोग हुने चलचित्र बनाउन लाग्लान् ? उनको जवाफ दार्शनिक छ, “मान्छेले जति सोच राख्छ र उसको चेतनाको स्तर जति छ, उसले त्यति मात्र गर्न सक्छ।” उनको कुरा सुन्दा लाग्छ उनी सिक्ने क्रममा छन्। अग्रज सिनेकर्मीहरूको अनुभव र आफ्नै भोगाइलाई मिसाएर आगामी दिनमा अझ परिपक्व योजनाका साथ आउने उनको तयारी छ।

‘कुमारी’ को व्यावसायिक असफलताले उनलाई गलाएको छैन, बरु अझ जिम्मेवार बनाएको छ। “कुमारी एउटा विशुद्ध प्रेमकथा मात्र थिएन, यो समाजले अझै पनि स्वीकार गर्न नसकेको महिलाको संवेदनशीलता बोकेको तितो सत्य थियो,” उनी निष्कर्ष निकाल्छन्।

बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.