काठमाडौं, चैत्र २७ । नेपाली चलचित्र ‘राम नाम सत्य’ आज फ्राइडे रिलिजमा देशभरि सिनेमाघरमा प्रदर्शनमा आएको छ।
माइकल चन्दको लेखन र निर्देशनमा तयार भएको यो चलचित्रमा विराज भट्ट, सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की ,दिनेश डिसी ,सुशान्त कुमार श्रेष्ठ जस्ता कलाकारहरूले अभिनय गरेका छन्।
उपेन्द्र शाही र स्वेता बिमलीको लगानीमा बनेको चलचित्रका कार्यकारी निर्माताहरू किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन्। मोती कार्की क्रियटिभ प्रोड्यूसर हुन्, भने लाइन प्रोड्यूसर राजेन्द्र आचार्य रहेका छन्।
चलचित्रका संगीत बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको रहेको छ। मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन र काला चरणको ब्याकग्राउन्ड म्युजिक रहेको छ।
लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा बनेको यो चलचित्रले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। १५७ मिनेट लामो यो फिल्मले पीजी सर्टिफिकेट पाएको छ, जसका अनुसार बालबालिकाले अभिभावकको निगरानीमा मात्र हेर्नुपर्नेछ।


