• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

नेपाली फिल्म ‘बुकी’को पहिलो प्रिमियर जापानमा हुँदै

  •   बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित

काठमाडौं, बैशाख ०२
विवश कुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने भएको छ ।यस चलचित्रको निर्माण पक्षले सिनेमाका मुख्य पात्रहरुको झलक सार्वजनिक गर्दै जापान प्रिमियरको मिति र स्थान तय गरेको हो ।

चलचित्रको ‘वर्ल्ड प्रिमियर’ सन् २०२६ मे ६ तारिख, बुधबारका दिन जापानको ओसाका सहरमा हुनेछ । ओसाकास्थित ‘मिनातो कुमिन सेन्टर’मा बेलुका ५:३० बजेदेखि ९:३० बजेसम्म विशेष प्रदर्शनी आयोजना गरिने पोस्टरमा उल्लेख छ । यो प्रिमियरलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारको एक महत्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरेलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । पोस्टरको पृष्ठभूमिमा भलिबलको नेट, कोर्ट र खेलाडीहरू देखाइएको छ, जसले यो चलचित्र खेलकुद (विशेष गरी महिला भलिबल) र संघर्षको कथामा आधारित रहेको प्रष्ट पार्छ । साथै, हिमाली भूगोल र त्यहाँको जनजीवनलाई पनि पोस्टरमा समेटिएको छ ।

पोस्टरमा अभिनेत्री सुरक्षा पन्त खेल पोसाकमा ‘नेपाल’ लेखिएको जर्सी लगाएर हातमा ट्रफी उचाल्दै विजयको उत्सव मनाइरहेको अवस्थामा देखिन्छिन् । यसले चलचित्रमा उनको एउटा संघर्षपूर्ण र प्रेरणादायी खेल यात्रा रहेको संकेत गर्छ । अर्की अभिनेत्री रोशनी कार्की साधारण र हँसिलो लुक्समा छिन् ।

त्यस्तै, पछिल्लो समयका चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु जर्सी लगाएर एक गम्भीर चरित्रमा देखिएका छन् । उनको लुक्सले उनी चलचित्रमा कुनै जिम्मेवार खेलाडी वा भूमिकामा रहेको दर्शाउँछ । दिग्गज अभिनेता प्रकाश घिमिरे ढाका टोपीमा एक अभिभावक वा मार्गदर्शकको रूपमा देखिएका छन् भने लक्ष्मीनाथ तिमलसिना रातो ट्रयाकसिटमा खेल प्रशिक्षक वा टिम लिडरको हाउभाउमा प्रस्तुत छन् ।

‘बुकी’ हिमाली क्षेत्रका पाटनहरूमा वर्षाको समयमा फुल्ने एक विशेष फूल हो । निर्माण पक्षका अनुसार यो चलचित्रले खेलकुद र प्रकृतिबीचको गहिरो सम्बन्धको कथा भन्नेछ । चलचित्रको छायांकन काठमाडौं, पोखरा र बागलुङको रमणीय ढोरपाटन क्षेत्रमा गरिएको छ ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको यस चलचित्रमा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा रहँदा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, निशा बजगाईं, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

लक्ष्मण सापकोटा, अमिशा काउचा थापा मगर, रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन् । राजेश थापा र बसुन्धरा खरेलले ‘क्रिएटिभ प्रोडुसर’ छन् भने जितु थापा र सुनील बुढाथोकी को-प्रोडुसरका रूपमा रहेका छन् ।

चलचित्रमा आशुका अर्याल एशोसिएट डिरेक्टर, आचार्य गोपाल चिफ असिस्टेन्ट डिरेक्टर, सहायक निर्देशकमा टाइग्रिस, निशा दाहाल र उज्वल अधिकारी छन् ।

विकास गन्दर्भको डिओपी रहेको चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।श्याम मल्लको श्रृंगार र थम्मन थापाको प्रोडक्सन हेडिङ रहेको यस चलचित्रको पब्लिसिटी डिजाइन राकेश दाहालले गरेका छन् ।

हालसम्म प्रदर्शनको आधिकारिक मिति तय नगरिए पनि निर्माण पक्षले सन् २०२६ भित्र चलचित्रलाई देशभरका हलमा रिलिज गर्ने लक्ष्य लिएको छ ।

बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’को अग्रिम बुकिङ खुला, देशभर २०० भन्दा बढी शो पाउने अपेक्षा
‘सारथी’को टिजर सार्वजनिक, निरुता सिंहलाई ‘आमा’ भन्दै देखिए गिरि विश्वकर्मा
काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ
बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा
‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी
‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.