असार १५, भरतपुर । यतिबेला नेपाली विद्यार्थीको रोजाइमा अस्ट्रेलिया पहिलो नम्बरमा रहेको छ। अध्ययनका लागि अन्य देशको तुलनामा पछिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी नेपाली विद्यार्थी पढ्नको लागि अस्ट्रेलिया आएको सरकारी तथ्यांकले प्रष्ट पारेको छ।
यस्तै चितवन आसपास रहेर अस्ट्रेलिया जान चाहने विद्यार्थीको लागि ABC Global Education Consultancy चितवनले भोलि असार १६ गते दिउसो ४ बजे देखि कमलनगर चोक नारायणगढमा होलमेस इस्टिच्युट अस्ट्रेलियाका डिरेक्टर टेरि मेलोन बाट फेस टु फेस काउन्सिलिङ आयोजना गर्दैछ ।
नेपाली विद्यार्थीहरू अस्ट्रेलिया गएर अध्ययन गर्ने र भविष्य निर्माण गर्ने सोचमा हुनु हुन्छ भने एबिसी ग्लोबलले गर्न लागेको होलमेस इस्टिच्युट अस्ट्रेलियाका डिरेक्टर टेरि मेलोन बाट फेस टु फेस काउन्सिलिङमा भाग लिएर आफू जाने विश्वविद्यालय कुन नेटवर्कसँग आबद्ध छ, त्यो अनुसार युनिभर्सिटीको कार्य र उद्देश्यको बारेमा जान्न सकिन्छ।
साथै कार्यक्रममा विश्वविद्यालय छनोट, विषय स्पष्टता, विषयको गरिमा, समय अवधि, अस्ट्रेलियामा पढेको कुन कोर्स नेपालका निम्ति पनि काम लाग्छ अथवा त्यो विषयको विश्व बजार कस्तो छ भन्नेबारे महत्वपूर्ण जानकारी समेत लिन सकिने छ ।


