प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिनुभएको छ ।
प्रतिष्ठानका उपकुलपति डा।प्रह्लाद कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिनु भएके हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले यही माघ २ गते नै स्वास्थ्य मन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए । बीपी प्रतिष्ठानमा कार्यरत चिकित्सक कर्मचारीहरू विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् ।
तपाईको प्रतिक्रिया


