ललितपुरको नख्खुस्थित कारागार कार्यालयमा विपश्यना केन्द्रको उद्घाटन गरिएको छ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागार कार्यालय नख्खुमा निर्माण गरिएको विपश्यना केन्द्र धम्मासयुको उद्घाटन गर्नु भएको हो।
कारागारमा १२ दिनसम्म ४८ कैदीबन्दीहरूका लागि ध्यान शिविर संचालन हुनेछ। यससँगै नेपाल विपश्यना केन्द्रले देशभरी १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ। नख्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि संचालनमा आएको हो।
ध्यान केन्द्रको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताउनु भयो । उहाँले आफूलाई फेर्ने, स्वजागृत हुने र समाज रूपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने बताउनु भयो।
केन्द्रले १६ देशका कारागारहरूमा शिविर संचालन गरिसकेको छ।


