• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

तेज भन्छन्–उपहारको कथामा समाजको मौलिक घटना छ

  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित

फिल्म ‘प्रेमगन्ज’का प्रेमजोडी अभिनेता तेज गिरी र अभिनेत्री बेनिशा हमाल यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘उपहार’मा विवाहित जोडीका रुपमा देखिँदैछन् । अभिनेता तेजकै भनाईमा ‘प्रेमगन्ज’मा उनीहरुको अधुरो प्रेम थियो भने ‘उपहार’मा उनीहरुको पूर्ण प्रेम दर्शकले हेर्न पाउनेछन् ।

तेजका अनुसार ‘उपहार’ निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘प्रेमगन्ज’को प्रिमियर पछि उनलाई ‘सँगै काम गर्नुपर्छ’ भनेका रहेछन् । ‘फिल्म प्रेमगन्जकै कारण म उपहारमा जोडिएँ । फिल्मका लागि दुई नायकको फाइनल भईसकेपछि म जोडिएँ । प्रेमगन्जमा बेनिशाजी र मेरो क्यामेष्ट्री सुहाएको देखेपछि ज्ञानेन्द्र दाईले मेरो जोडी बेनिशालाई राख्नुभएको रहेछ’, तेज भन्छन् ।

तेजका अनुसार ‘उपहार’मा उनी र वेनिशा विवाहित जोडी भए पनि दर्शकले त्यो जोडीभित्रको द्वन्द्वलाई हेर्न पाउनेछन् । ‘माया गर्ने जोडीले एकअर्काका अपेक्षाहरु सत प्रतिशत खोज्दा र एकअर्कामा देखिएका कमजोरीका कारण सम्बन्धमा आएको दरार यो फिल्ममा छ । त्यो विछोड र दरार पीडादायी नै छ’, तेज खुल्छन् ।

निर्देशक ज्ञानेन्द्र देउजसँगको सहकार्य तेजका लागि स्मरणीय रहेछ । ‘सबै निर्देशकमा भिन्न भिन्न विशेषता हुन्छन् । ज्ञानेन्द्र दाईसँग लामो अनुभव थियो, उहाँसँग छुट्टै विशेषता थियो । उहाँसँग अध्ययन र अनुभवको विशेषता थियो, जसमा एउटा नयाँपन थियो’, उनी भन्छन् ।

तेजको अनुभवमा निर्देशक ज्ञानेन्द्रले ‘अडियन्स प्वाइट अफ भ्यू’बाट फिल्म बनाएका छन् । ‘दर्शकले चाहे अनुसारको फिल्म बनाउनुभएको छ । दर्शकले अवश्य फिल्म स्वीकार्नुहुन्छ’, तेज भन्छन् ।

तेजको अनुभवमा पुराना निर्देशकसँग काम गर्नु ‘सय किताब पढ्नुभन्दा एउटा विद्वानको एक घण्टाको प्रवचनले धेरै कुरा सिकिन्छ’ भन्ने बुझेका रहेछन् । ‘पुरानासँगको अनुभव, कार्यशैली र काम गर्दा यी कुरा सिक्न पाएँ । मैले आफ्नोे चरित्र जति निभाएको छु, त्यो मेरो सुधारिएको अभिनय पनि हो । निर्देशक र टिमको सहकार्यले नै यो सम्भव भएको छ’, उनको बुझाई छ ।

तेजले अनुभव र पुरानो ठूलो व्यानरमा काम गर्दा मानसिक रुपमा आफूलाई कता कता असहज भएको अनुभव सुनाए । ‘म भित्र रहेको चिज देखाउन सक्दिनँ कि निकाल्न सक्दिनँ कि भन्ने फिल हुँदो रहेछ । पुरानो टिमसँग काम गर्दा मैले दिएको चिजले उहाँहरुलाई सन्तुष्ट बनाउन सक्दिनँ कि अथवा मबाट चिज पनि निस्कँदैन कि भन्ने हुँदो रहेछ । तर उहाँहरुले काम गर्ने वातावरण बनाइदिएपछि सहज भयो’, तेजले भने ।

‘उपहार’मा आफ्नो चरित्रलाई तेज चुनौतिपूर्ण मान्छन् । ‘एउटा दृश्य अलिक भारी किसिमको छ, जहाँ बेनिशाजी र मेरो मायासहितको झगडा छ । त्यो नचाहँदा नचाहँदै सिर्जना भएको झगडा थियो’, उनी भन्छन् ।

तेज ‘उपहार’को कथालाई समाजमा भएको मौलिक घटनाको रुपमा बुझ्छन् । ‘फिल्म हेर्दा जोकोहीले त्यो चरित्रभित्र आफूलाई अनुभव गर्न सक्छन् । यसमा महिला सशक्तिकरण, वर्ग संघर्षका कुरा छन्, जुन हाम्रो समाजमा जल्दोबल्दो रुपमा उठेका कुराहरु हुन्’, तेज भन्छन् ।

मायाको अभाव र प्रभावमा समाज वास्तवमा गलत बाटो तिर जाँदैछ भन्ने कुरालाई पनि फिल्मले देखाउने उनको बुझाई छ । ‘अविवाहित जोडीहरु मायाको प्रभावमा र विवाहित जोडीहरु मायाको अभावमा महशुस गरिरहँदा आएको सम्बन्धको दरार फिल्ममा छ । श्रीमान श्रीमतिले सम्बन्धलाई प्रगाढ बनाउन के के कुराको कम्प्रमाइज नगरी सम्बन्ध अगाडि बढ्दैन र के के कम्प्रमाइज नगर्दा कस्ता घटना निस्कन्छ भन्ने कथा यसमा छ’, उनी भन्छन् ।

बुधबार, फागुन २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.