सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन सत्ता गठबन्धन दलहरूबीच सिंहदरवारमा छलफल भएको छ।
आइतबार बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलमा न्यूनतम कार्यक्रम बनाउने छलफल भएको छ।
सत्ता गठबन्धन बनेपछि दलहरूले न्यूनतम साझा कार्यक्रम बनाउन संयन्त्र गठन गरेका थिए। संयन्त्रमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णीम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल छन्।
तपाईको प्रतिक्रिया


