उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको र कानुनी एवं प्रक्रियागत सरलता कायम गरेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ ।
चीनको बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको ‘उदाउँदो नेपाल स् लगानीको सम्भावना’ विषयक ‘पूर्व लगानी सम्मेनल’लाई सम्बोधन गर्दै उहाँले विश्वका लगानीकर्ताका लागि नेपालमा उपयुक्त अवसर भएको भन्दै लगानी गर्न आग्रह गर्नुभयो ।
तीन करोड जनसङ्ख्या भएको एवं सस्तो श्रमशक्तिको उपलब्धता भएको नेपाल आफैँमा राम्रो बजार भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले नेपालमा लगानीको ठूलो अवसर रहेको स्पष्ट पार्नुभयो ।
उहाँले नेपालले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै पारस्परिक लाभका लागि परिष्कृत आर्थिक साझेदारीको लागि नेपाल तत्पर रहेको बताउनुभयो ।


