नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीमा ठगी गर्ने पार्टि भएको दाबी गर्नुभएको छ ।
रास्वपामा ठगी गर्ने कोर टिम, ढोकामा बसेर ढाकछोप गर्ने डोर टिम र देशैभरी ‘पोर’ टिम रहेको दाबी गर्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले गोर्खा मिडियामा सहकारीको ८० करोड कर्जा लगानीमा रवि लामिछानेको संलग्नता रहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा नयाँ बनेर आएको दलको उर्जालाई सम्मान गर्दै गर्दा फेरि पनि म देश दुनियाँले सुन्नेगरी के आग्रह गर्न चाहन्छु भने, रास्वपाभित्र एउटा कोर टिम रहेछ, यो समग्र गतिविधिमा सामेल छ, त्यहाँभित्र अर्को डोर टिम रहेछ, जो ढोकामा बसेर ढाकछोपको काम गर्छ । अनि पोर टिम छ जो देशभरी बसेर रास्वपा जिन्दाबाद भनेर लेखिरहन्छ । यो कुरा आजको मितिमा मैले भन्नैपर्छ । प्रश्न ८० करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको हो ।’
उहाँले ७० करोड रुपैयाँ फोनमा कुरा गर्दै सुनिएको तर डकुमेन्टमा नभएको कुराको आधारमा मन्त्रीबाट राजीनामा दिएका (गोकुल बास्कोटा) अहिले सांसदको रुपमा बसेको बताउनु यभो । उहाँले ८० करोडको हिसाव खोज्न र संसदीय छानबिन समिति खोज्न संसदमा उभिएको बताउनु भयो ।
सांसद शर्माले मन्त्री हुनुभन्दा अगाडि सरकारले जिवी राईलाई नसमातेको भन्ने गरेको तर अहिले नसमातेको प्रति प्रश्न गर्नुभयो । राई मलेसियामा रहेको र त्यहाँको सरकारलाई कुटनीतिक पहल गर्दा समात्न सकिने भएपनि समातेर किन नल्याएको भन्दै प्रश्न गर्नुभयो । उहाँले जीवी राई गृहमन्त्रीको सम्पर्कमा रहेको भन्दै आकाशमा गएर लुक पातालमा गएर लुक भनेको भन्दै कटाक्ष गर्नुभयो ।


