अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि ऐन संशोधन गर्ने बताउनु भएको छ।
उहाँले भरसक संसद्बाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाटै लगानी सङ्कुचन गर्ने ठानिएका दर्जन कानुन अध्यादेशमार्फत संशोधन गरिने बताउनु भयो।
तेस्रो लगानी सम्मेलन आगामी १६ र १७ चैतमा हुँदैछ । आन्तरिक लगानीका लागि पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गरिने मन्त्री पुनको भनाइ छ। निराशालाई आशामा बदल्ने प्रतिबद्धतासहित विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ आफू १२ वर्षपछि मन्त्रालयमा आएको उल्लेख गुर्नभयो ।
विदेशी मुद्राको सञ्चिति बढेको, महँगी घटेको, विप्रेषण आप्रवाह बढेकाले अर्थतन्त्रको बाह्य अवस्था सुदृढ भएको उहाँको भनाईछ । फरक प्रसङ्गमा अर्थमन्त्रीले निजी क्षेत्र र बजारलाई आतंकित गर्ने नीति सरकारको नरहेको स्पष्ट पार्नुभयो ।
तपाईको प्रतिक्रिया


