सुनकोशी मरीण डाइभर्सनको सुरुङ आज ब्रेक थ्रु गरिएको छ ।
तराई मधेशमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने र बिजुली पनि उत्पादन गर्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङको ब्रेक थ्रु गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गरिएको छ ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सिमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्याउनेछ ।
हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमीनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने आयोजनाको प्रमुख उद्देश्य छ ।
तपाईको प्रतिक्रिया



