बागमती प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन वैशाख ३१ गते १ बजे आव्हान गर्ने निर्णय भएको छ । बिहीवार बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले विभिन्न ८ वटा निर्णयहरु गरेको छ । प्रदेश नीति तथा योजना आयोगमा दिपेन्द्र श्रेष्ठलाई नियुक्ती गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । बैठकले नमुना वडा समाजवादी कार्यान्वयन कार्यविधि २०८० को पहिलो संशोधन स्वीकृति गरिएको छ ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण मापदण्ड २०८१ स्वीकृत, प्रदेश प्राविधिक तथा व्यवसायीक शिक्षा एवम् तालिम परिषद् स्थापना हुने स्थान, सङ्गठन तालिका, दरबन्दी तेरिज, कार्यविवरण, छाप र साइनबोर्ड स्वीकृत गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, वन क्षेत्र प्रयोग हुने रुख कटान गर्ने प्रस्ताव स्वीकृत, ग्रामिण सडक सञ्जाल सुधार आयोजनाको कार्यालय मकवानपुरबाट भक्तपुरमा स्थान्तरण गर्न स्वीकृत र खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम संचालन पहिलो संशोधन कार्यविधि २०८१ स्वीकृत गरिएको हो ।


