विराटनगर ,बैशाख २७ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त उहाँले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
त्यसैगरी आजै मन्त्रिपरिषद् समेत गठन गरिएको छ ।मुख्यमन्त्री कार्कीको सिफारिसमा गणेशस्रसाद उप्रेती र रामबहादुर मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको छ ।
नवनियुक्त मन्त्रीहरूले समेत नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेश प्रमुख खापुङ समक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
तपाईको प्रतिक्रिया



