नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त गर्ने बताउनु भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकपछि सञ्चारकर्मी संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा समस्या नआउने समेत धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
सांसद सापकोटाले भन्नुभयो, “यसपटक पनि विश्वासको मत बढ्छ, घटेर जाँदैन । तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा गडबडी हुने स्थिति पनि छैन ।” उहाँले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा व्यक्त गरेको अभिव्यक्ति सरकार छाडनेसँग सम्बन्धित नभएको स्पष्ट पार्नुभ्यो ।
“रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेले आफ्नै तरिकाले कार्यादेश बनाउन र निष्पक्ष अभ्यासका लागि स्वतन्त्रता दिन्छौ भनेर बोलिसक्नुभयो”, उहाँले भन्नुभयो, “समिति गठनपछि प्रतिपक्षबाट सदन अवरुद्ध हुँदैन भन्नेमा विश्वास छ ।”


