उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले नेपाल–चीनबिच उच्चस्तरीय भ्रमणको आदान प्रदानबाट द्विपक्षीय सम्बन्धमा ऐतिहासिक प्रगति र गतिशीलता हासिल गरेको बताउनु भयो ।
चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण, नेपालबाट तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण त्यसपछि भएका विभिन्न उच्चस्तरीय भ्रमणले दुई देश बिचको चिरस्थायी मित्रता सहितको सहकार्यको रणनीतिक साझेदारीलाई बढवा दिएको उहाँले जानकारि गराउनु भयो ।
नेपालस्थित चिनियाँ राजदूतावासले आयोजना गरेको नेपाल–चीनको कूटनीतिक सम्बन्धी कार्यक्रममा परराष्ट्र मन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशबिच सम्झौता, परियोजना र पारस्परिक सहयोगका विषयमा सहमति भएको उल्लेख गर्नुभ्यो ।
नेपाल–चीनबिच भएको उच्चस्तरीय भ्रमणले दुवै देशको सम्बन्धलाई अझै उचाइमा पुर्याएको बताउँदै उहाँले आफूले हालै गरेको चीन भ्रमणले दुई देशको सम्बन्धमा झन् सहयोग पुर्याएकोमा जोड दिनुभयो ।


