प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल आरम्भ गर्न संसदमा प्रस्ताव गर्नुभएको छ । प्रतिपक्षी सांसदहरूको अवरोधकै बीच उहाँले आफ्नो प्रस्ताव पेश गर्नुभएको हो ।
प्रधानमन्त्रीले प्रस्ताव राखेपछि सभामुखले दुई वटा संशोधनका सूचना प्राप्त भएको जानकारी गराएका थिए । त्यसपछि जनमोर्चाका चित्रबहादुर केसीलाई आफ्नो संशोधन प्रस्ताव राख्न उहाँले पाँच मिनेट समय दिनु भएको थियो ।
अगाडि जान सम्भव नभएपछि केसीले आफ्नै आसनबाट उठेर भनाइ राख्नु भएको थियो तर, उहाँले आफ्नो संशोधन नराखीकन सहकारी ठगीको विषय पेस गर्नुभएको थियषे । नीति कार्यक्रमलाई समर्थन नगर्ने भन्दै उहाँले आफ्नो भनाइ टुङ्ग्याउनु भयो ।
अर्का संशोधनकर्ता नेमकिपाका प्रेम सुवालले भने नाराबाजीकै बीच आफ्नो संशोधन प्रस्ताव राखेका छन् ।
तपाईको प्रतिक्रिया


