बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले नेपाल रेडक्रस सोसाइटीको कन्द्रीय पदाधिकारीमा भएको समस्या चाँडै समाधान गर्ने बताउनु भएको छ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार केन्द्रको ५९औँ स्थापना दिवसका अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले दैवी विपत्ति भएका क्षेत्रमा सबैभन्दा पहिला सहयोगका लागि रेडक्रस नै पुग्ने गरेको भन्दै रेडक्रसले अझै थप सेवा बिस्तार गर्दै लैजान आवश्यक रहेको बताउनु भयो।
थापाले नेपाल रेडक्रस अन्तर्राष्ट्रियस्तरको संस्था भएको उल्लेख गर्दै पदाधिकारीहरुबीच भएको विवादले छवि धमिलिएको बताउनु भयो ।
तपाईको प्रतिक्रिया


