बंगलादेशकी विपक्षी दलकी नेता खालिदा जिया जेलमुक्त हुनुभएको छ ।
विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टी (बिएनपी) की अध्यक्ष जिया अपरान्ह ३ बजे रिहा भएकी स्थानीय संचारमाध्यमले जनाएका छन्।
बंगलादेशका राष्ट्रपति मोहमद शहाबुद्दिनले जेलमा रहेकी जियालाई थुनामुक्त गर्न आदेश दिएका थिए ।
विद्यार्थी आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिना राजीनामा दिँदै देश छाड्न बाध्य भएपछि राष्ट्रपति शहाबुद्दिनले पूर्वप्रधानमन्त्रीसमेत रहेकी जियालाई रिहा गर्न आदेश दिएका हुन्। जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय सुनाइएको थियो ।
तपाईको प्रतिक्रिया


