नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकार अहङ्कारपूर्ण र गलत बाटोतिर अग्रसर भएको बताउनु भएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘झन्डै पौने दुई महिना भन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको अवलोकन पछि म यो निष्कर्षमा पुगेको छु । सरकार अहङ्कारपूर्ण तर गलत बाटोतिर अग्रसर छ’ ।
सरकारमा सङ्ख्याको उन्माद देखिएको भन्दै प्रचण्डले जसको फलस्वरुप शक्तिको दुरुपयोगतर्फ अग्रसर भएको बताउदै अब रचनात्मक खबरदारीका लागि ढिला गर्न नहुने ठानेर आफू हनिमुन अवधि पनि नपर्खी संसदको रोस्टममा खडा भएको बताउनु भयो।
तपाईको प्रतिक्रिया


