माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकार सुशासनको वेगलाई रोक्न बनेको प्रमाणित भएको बताउनु भएको छ ।
मंगलबार संसद्मा सम्बोधन गर्दै उहाँले आफू र आफ्नालाई जोगाउन सरकार बनेको हो भन्ने आफ्नो दाबी अहिले प्रमाणित भएको बताउनु भयो ।
‘मैले पहिला नै चुनौतीका साथ भनेको थिएँ( सरकारको पछाडि माफिया र बिचौलिया छ। त्यही माफियाको सेवामा सरकारको प्रतिष्ठा समाप्त हुनेछ। तैपनि सरकारले केही दिन त लाज लाग्ला भनेका थिएँ’, ‘तर आज सरकार यति हतारमा देखियो कि बिरालो म्याउँ भन्न एक हप्ता पनि लागेन, लोडसेडिङका वेला डेडिकेटेड र ट्रंकलाइन विद्युत्को शुल्क विवादमा प्रधानमन्त्री रोष्ट्रममा जसरी जसको पक्षमा कडा रूपमा उभिनुभयो त्यसले सिंगो देश स्तब्ध भयो।’
यो सरकार सुशासनको वेगलाई रोक्न, आफू र आफ्नालाई जोगिन र जोगाउन बनेको आरोप लगाउनु भयो । उहाँले जनतासँग अलिकति त डराउला भनेको तर सकारले सात दिन पनि नपर्खि‚ भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्यूरोको समेत सरुवा गरेको त्यो पनि विमान दुर्घटनाले जनतालाई मर्माहित बनाएको समयमा’ भनेर दुःख व्यक्त गर्नुभयो ।


