प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराईको अभिव्यक्तिप्रति नेकपा (माओवादी केन्द्र) का सांसदले नियमापत्ति गरेका छन् । सांसद भट्टराईले धारणा राख्ने क्रममा ‘हिंसा’ भन्ने शब्द प्रयोग गर्नुभएपछि माओवादीले आपत्ति जनाएको हो ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भट्टराईको अभिव्यक्तिप्रति नियमापत्ति गर्नुभएको हो । सदनमा माओवादी र एमाले सांसदबिच चर्चाचर्की भएपपछि सभामुख देवराज घिमिरेले यो विषयमा दोहोरो बहस नगर्न पटक-पटक अनुरोध गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया


