काठमाडौं ,भाद्र १७
गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले मन्त्रीपदबाट राजीनामा दिनु भएको छ ।मन्त्री मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिनु भयो ।
मनाङेलाई राजीनमा पत्र बुझाए सगै स्वीकृत भइ सकेको छ । भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी दिएसँगै असन्तुष्ट व्यक्त गर्नु भएको थियो ।
यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेको थियो । त्यसपछि उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै मनाङे सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा गए पनि कार्यभार सम्हाल्न गएका थिएनन् ।
तपाईको प्रतिक्रिया


