• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

किन परिन उपसभामुख राना सत्तारुढ गठबन्धनको निशानामा ?

  •   मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित

सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले संवैधानिक परिषद्‌मा सहजता खोज्दा निशानामा उपसभामुख इन्दिरा राना परेकी छन्। परिषद्‌मा कुनै पनि निर्णय लिन प्रधानमन्त्रीसहित कम्तीमा ५० प्रतिशत सदस्यको सहमति अनिवार्य हुनुपर्ने व्यवस्था छ।

तर संसदीय मान्यताविपरीत सत्ताका लागि काँध मिलाएका कांग्रेस–एमालेसँग संसद्‌मा दुई तिहाइभन्दा बढी भए पनि संवैधानिक परिषद्‌मा ६ मध्ये दुई सदस्य मात्रै छन्। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ।

यीमध्ये स्वयं प्रधानमन्त्री केपी ओली र सभामुख देवराज घिमिरे मात्रै एमालेका छन्। यसबाहेक विपक्षी दलका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभा अध्यक्ष माओवादी पृष्ठभूमिकै नारायण दाहाल छन् भने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ परिषद् सदस्य छन्।

यस्तो अवस्थामा विपक्षी दलहरू एकमत भएमा आफूअनुकूलको निर्णय नहुने भएपछि सत्तारुढ दलहरूले त्यो सहजताका लागि उपसभामुखलाई निशाना बनाएका हुन्। संविधानमा उपसभामुखलाई महाभियोग लगाउने व्यवस्था छैन तर पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव संसद्‌मा दर्ता भई दुई तिहाइले पारित भएमा पद रिक्त हुने व्यवस्था छ।

सभामुख वा उपसभामुखको पद रिक्त हुन सक्ने अवस्थाबारे संविधानको धारा ९१ को उपधारा ६ (ग)मा भनिएको छ– निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा। प्रस्ताव दर्ता भने प्रतिनिधिसभाका एक चौथाइ सांसदले दर्ता गर्न सक्छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी निकट उपभामुख राना सन् २०२३ फ्रेब्रुअरी २६ मा आफूसहित ६ जनाको भिसा मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेको विषयमा विवादमा परेकी थिइन्। सत्तारुढ दलहरूले उपसभामुखको यही कदमलाई आचरणविपरीतको ठहर गर्दै हटाउन चाहेको बताइएको छ।

उपसभामुख रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको एनजिओ सिएसडब्लु ६७ कार्यक्रममा आफूसहित अन्य पाँचजना सहभागी हुन जान लागेको भन्दै शीघ्र भिसा अन्तरवार्ताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन्।

आफै राजीनामा नदिएमात्रै प्रस्ताव

सत्तारुढ दलहरूले पद अनुकूल आचरण नगरेको दाबी गर्दै पहिला उपसभामुखलाई आफै राजीनामा दिन आग्रह गरेका छन्। राजीनामा नदिई अटेर गरेको अवस्थामा भने थप कदम चाल्ने उनीहरूको तयारी छ।

एमाले प्रमुख सचेतक महेश बर्तौला भन्छन्, ‘महाभियोगबारे निर्णयमै पुगिसकेका चाहिँ छैनौं। उहाँले उपसभामुखको आचरण अनुकूल काम गरिरहनुभएको छैन। पदीय मर्यादा अनुसारको आचरण नगरेकाले उहाँ हट्नुपर्छ भन्ने हो। आफैँले मार्ग प्रशस्त गर्दा राम्रो भन्ने हाम्रो आग्रह हो।’

कांग्रेस नेताहरूले भने यसबारे प्रतिक्रिया दिन चाहेनन्। कांग्रेस सहमहामन्त्री जीवन परियार आफूलाई यसबारे जानकारी नभएको भन्दै पन्छिए भने प्रवक्ता प्रकाशशरण महत, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष, प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग सम्पर्क हुनै सकेन।

रास्वपाकाे कडा प्रतिवाद

सत्तारुढ दलहरूले उपभामुख आफैले राजीनामा दिनुपर्ने भनिरहँदा रास्वपाले संसद्‌बाटै चर्को प्रतिवाद गरेको छ। रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखमाथि महाभियोग लगाउने कुराले राज्य नै लोकतन्त्रमाथि आक्रमणमा उत्रेको बताए।

‘परिषद्‌मा बहुमत पुग्दैन भन्दैमा गुपचुपमा सल्लाह गरेर उपसभामुखलाई हटाउने भन्दै हुनुहन्छ। कुन संस्थालाई कसरी निकम्मा बनाउने र कुन पार्टीसँग कसरी द्वेष साँध्ने भन्ने नै लोकतन्त्रको लागि तपाईँहरूले खेलेको भूमिकाको प्रतिफल हो ?’, उनले चेतावनी दिँदै भने, ‘संख्याको आधारमा, सत्ता शक्तिको आडमा मात्रै राज्य चल्छ र जे पनि गर्न सकिन्छ भन्ने तपाईँहरूको बुझाइ हो भने याद रहोस् जनताको सार्वभौमसत्ताका अगाडि कुनै पनि सत्ता संसारमा टिकेको छैन र टिक्नै छैन।’

मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.