काठमाडौं ,असोज ६
पूर्वडीआईजी एवं गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा काठमाडौंबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् ।
तपाईको प्रतिक्रिया


