क्रान्तिकारी विद्यार्थीहरूकाे संगठन अखिल क्रान्तिकारीकाे राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा शुरू हुँदैछ । सम्मेलनकाे तयारी पूरा भएको क्रान्तिकारीले जनाएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) निकट रहेकाे अखिल (क्रान्तिकारी)काे २३ ओैं राष्ट्रिय सम्मेलन आज असाेज १० गतेबाट संघीय राजधानी काठमाडौंमा शुरू हुन लागेकाे हाे । क्रान्तिकारीले सकेसम्म सहमतिमा नभए प्रत्यक्ष निर्वाचनबाटै नेतृत्व चयन गर्ने भएको छ ।
सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्ष पञ्चा सिंहले सहमतिबाट नभएमा प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने जानकारी दिएकी हुन् ।
सम्मेलनकाे उद्घाटन किर्तिपुरस्थित त्रिवि स्मृति हलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले गर्ने अध्यक्ष सिंहले जानकारी दिइन् । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा उद्घाटन हुने सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म चल्नेछ ।
संगठनका उपाध्यक्ष इन्द्र भुसाल, जिपी मैनाली, मिलन एमसी, तुकमान महरा, लक्ष्मी जोशी, प्रविणा अधिकारी, मदन भुल, पवन कार्की, नरेश रेग्मी, सूर्यनारायण साह, नारायण खनाल, गजेन्द्र देव, क्षितिज सापकोटा, मदन भट्टराई, अमरंजंश शाही, केशव रावल र महासचिव दीपेश पुन अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।
संगठनका उपाध्यक्ष राजकुमार लिम्बु पारिवारिक कामले मुलुक बाहिर रहेको र कल्पना मियाँ प्रतिनिधि सभाको सांसद भइसकेकाले दुई जना भने अध्यक्षको प्रतिस्पर्धामा छैनन् ।


