चीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई करिब रु नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिनले यस्तो घोषणा गर्नु भएको हो । सि चिनपिङले ५०० मिलियन आरमबी अनुदान सहयोगको घोषणा गर्नु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा जान पनि प्रेरित गर्ने राष्ट्रपति सीले प्रधानमन्त्रीसँग बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृृष्णप्रसाद ढकालले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल चीन सम्बन्ध पञ्चशील, सार्वभौम समानता, आपसी विश्वास आदिमा भएको भन्दै चीनले गरिबी निवारणको सफलता पाएकोमा प्रशंसा गरेका थिए । नेपालको विकासमा पनि चीनसँग साथ खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । आजै नेपाल र चीनबिच नौ बुँदे सहमति भएको ढकालले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया


