नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई देशकै ‘जाली, झेली, कपटी र बेइमानी’ भएको बताउनु भयो ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न पुग्नु भएको प्रचण्डले यस्तो बताउनु भएको हो । उक्त खबरदारी सभामा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउनु भएको छ। यसअघि पटक–पटक सत्ताका सहयात्री रहेका उहाँहरुबीच पछिल्लोपटक कांग्रेससँगको सत्ता सहकार्यपछि सम्बन्ध तितो छ ।
‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी हुन्। मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु,’ प्रचण्डले ओलीलाई भने, ‘जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’
आइतबार मात्रै पर्साको वीरगञ्ज पुगेर प्रधानमन्त्री ओलीले प्रचण्डप्रति लक्षित गर्दै अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको टिप्पणी गर्नु भएको थियो ।
सम्बोधनको क्रममा प्रचण्डले आफूलाई अलोकतान्त्रिक र तानाशाही ढंगबाट हटाइएको जिकिर गर्नु भयो ।



