• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

दिनहुँ १२ सय जनाद्धारा भन्सार छलि

  •   बिहिबार, माघ २४, २०८१ मा प्रकाशित

एक अध्ययनले दैनिक १२ सयभन्दा बढी व्यक्तिले पेसेवर रूपमा भन्सार छलि गरेर सामान नेपाल भित्र्याई रहेको देखाएको छ। यी १२ सय जति नेपाली नागरिकले हरेक दिनजसो सानो झोलामा भारतबाट सामान ल्याउने र नेपाल भित्र्याउने देखिएको हो।

‘अहिले भारतसँग मात्रै सबै क्षेत्रमा गरेर १२ सय झोले/पोके (झोला पोकामा तीन/चार केजी सामान ल्याउने) छन्, उनीहरू दिनमा नै ६/७ पटक भारत जान्छन् र सामान ल्याउँछन्,’ बुधबार संसदको अर्थ समितिमा गरिएको छलफलमा सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले भने।

त्यसअघि उनले भन्सार छलि गर्न नदिने सशस्त्र प्रहरी वल खटिए पनि दुई/चार केजी सामान ल्याउने निम्न वर्गीय नागरिकको सामान खोस्न नसकिने बताएका थिए। त्यसक्रममा अर्थसमिति सदस्य सूर्यबहादुर थापाले आफूहरूले अनुगमन गर्ने क्रममा एउटै व्यक्तिले पटक–पटक सामान ओसारेको देखेको भन्दै नियन्त्रण गर्नुपर्ने बताएका थिए।

थापालाई जबाफ दिने क्रममा शसस्त्र प्रहरी वल प्रमुख अर्यालले आफूहरूले यस विषयमा अध्ययन नै गरिएको बताए। उनले १२ सय जना पेसेवर (आफ्नो घरको भान्साको लागि बाहेक) रूपमा नै काम सामान ओसार्ने गरेको प्रतिक्रिया दिए।

उनीहरूले पूर्वको मेची भन्सारदेखि पश्चिमको गड्डाचौकी कञ्चनपुर भन्सार कार्यालयसम्मका छोटी भन्सार तथा पैदल यात्रु ओहोरदोहोर गर्ने क्षेत्रहरूबाट दिनभर सामान बोक्ने काम मात्रै काम गरेका हुन्छन्। धेरै यस्ता नागरिकहरू शारीरिक रूपमा अशक्त, वृद्ध, महिला तथा बालबालिका बढी हुन्छन्।

व्यावहारिक रूपमा कारबाही गर्न समेत मुस्किल पर्ने अर्यालको तर्क छ। उनीहरूले एकै दिनमा नै औसत चार सय क्विन्टलभन्दा बढी सामान पोकामा ओसार्ने उनले बताए। जस अनुसार ३५ देखि ४० लाख रूपैयाँको सामान दिनमा यसरी भित्रिने गर्छ।

यसअघि वीरगञ्ज भन्सार कार्यालयले पनि अनौपचारिक रूपमा गरेको अध्ययनले पनि पेसेवर रूपमा भारतबाट पोकामा सामान ल्याउनेको संख्या धेरै भएको कारणले नै भन्सार छलिमा सहयोग पुगेको निष्कर्ष निकालेको थियो। त्यस्ता व्यक्तिहरू निश्चित समय मात्रै नभएर वर्षौंदेखि यही काम गरिरहेको बताइएको छ।

‘उनीहरू आफ्नो लागि सामान ओहोरदोहोर गर्ने होइनन्। दिनभर सामान ल्याउँछन्, साँझ निश्‍चित रकम खटनपटनमा लगाएको व्यक्तिले दिन्छ,’ त्यतिबेला एक भन्सार अधिकारीले भनेका थिए, ‘हरेकजसो उपभोग्य वस्तुमा नेपालको तुलनामा भारतमा सस्तो छ, भन्सार नतिरी सामान ल्याउँदा व्यापारीलाई पनि धेरै लाभ हुन्छ।’

पेसेवर रूपमा यस्तो काम गर्ने व्यक्तिहरूलाई अन्य जागिरबाट प्रतिस्थापन गर्नुपर्ने सशस्त्रको सुझाव छ।

‘यी व्यक्तिलाई नियन्त्रण गरेर वा २/४ दिन सामान खोसेर यो समस्या समाधान हुने होइन। यी व्यक्तिलाई अन्य जागिरबाट प्रतिस्थापन गर्ने गरी नीति ल्याउन आवश्‍यक छ,’ अर्यालले समितिमा भने। उनले खुला सीमानाकाको कारण चोरी पैठारी नियन्त्रणमा ठूलो समस्या पर्ने गरेको बताए। ‘हाल मुख्य भन्सार कार्यालय भएका नाकाहरू ३७, छोटी भन्सार कार्यालय भएका नाकाहरू ४३ रहे पनि मानिस आवतजावत गर्न मिल्ने अन्य ८५८ वटा भन्सार कार्यालयविहीन बाटोहरू छन्, जसको दुरूपयोग भई तस्करी हुने देखिएको छ,’ अर्यालले भने।

उनले कतिपय वस्तुको आयात प्रतिबन्ध, दशगजा क्षेत्रमा लाग्ने बजार, सीमावर्ती क्षेत्रमा मूल्यमा ठूलो अन्तर पनि भन्सार छलिको लागि सहयोग पुगेको प्रतिक्रिया दिए। बोर्डर आउट पोष्ट (बिओपी) को संख्या कमी र भएका बिओपीमा समेत जनशक्ति कम भएको सशस्त्रले जनाएको छ। हाल २५४ बिओपीमध्ये १०० वटामा सवारीसाधन नभएको गुनासो सशस्त्रको छ। भन्सार तथ्यांक अनुसार चालु वर्षको पछिल्लो तीन महिनालाई छोड्ने हो भने साढे दुई वर्षदेखि नेपालको अन्तर्राष्ट्रिय व्यापार घट्दो छ।

अहिलेको तथ्यांक अनुसार भन्सार नाकाबाट मात्रै दिनको चार अर्ब ५६ करोड रूपैयाँ बराबरको सामान आयात हुने गरेको छ।

बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.