• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

कांग्रेस महाधिवेशन २०८३ भित्र

  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति चौथो वर्षमा कार्यकाल समाल्दै गर्दा १५ औँ महाधिवेशनको बहस चुलिएको छ । कांग्रेसको विधान अनुसार ‘राष्ट्रिय रूपमा कुनै प्रतिकूल परिस्थिति नभएमा’ १० महिनापछि अर्थात् २०८२ मङ्सिरमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तथापि कांग्रेसको विधानले चार वर्षपछि एक वर्ष कार्यावधि थप्ने व्यवस्था गरेको छ ।

कांग्रेस नेतृत्व पनि चार वर्ष पूरा भएपछि थपिने एकबर्से अवधिभित्र १५ औँ महाधिवेशन गराउने गरी तयारीमा जुटेको छ । चैत मसान्तभित्रै क्रियाशील सदस्यता टुङ्गो लगाउने र तल्लो तहबाटै अधिवेशन आरम्भ गर्ने कांग्रेसको तयारी छ ।

१५ औँ महाधिवेशन कहिले हुन्छ भन्ने सन्दर्भमा बहस चलिरहेका बेला कांग्रेसका संस्थापन र संस्थापनइतर पक्षका नेताले महाधिवेशन २०८२ मङ्सिरमै नभए पनि २०८३ मङ्सिरसम्ममा सम्पन्न हुने बताएका छन् ।

नेपाली कांग्रेस सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले १५ औँ महाधिवेशन २०८२ मङ्सिरमै नहुने प्रस्ट पार्नुभयो ।

सहमहामन्त्री परियारले क्रियाशील सदस्यतासम्बन्धी काम चैत मसान्तभित्र सकिएपछि १५ औँ महाधिवेशनको काम सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “विधानले चार वर्षभित्र महाधिवेशन गर्न नसकिए एक वर्ष समयावधि थप्ने व्यवस्था गरेको छ । २०८४ को

स्थानीय तह निर्वाचनभन्दा एक वर्ष पहिले १५ औँ महाधिवेशन गरौँ भन्ने प्रस्ताव गरेका छौँ । आवश्यक गृहकार्य गर्दै पूर्वाधार तयार गर्ने कामसँगसँगै अघि बढ्छ ।”

उहाँले कांग्रेस नेतृत्व महाधिवेशन समयसीमाभित्रै गर्न प्रतिबद्ध रहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सभापति शेरबहादुर देउवाको तत्परता छैन भन्ने हल्ला गरिए पनि हामीले त्यस्तो पाएका छैनौँ । महाधिवेशन नगर्ने भनेको सुनेका छैनौँ । कार्यसमितिले महाधिवेशनको तयारी गर्ने र समयसीमाभित्रै गर्नु पर्छ भन्नेबारेमा फरक विचार छैन ।” उहाँले व्यक्तिगत रूपमा केही नेताले २०८४ को निर्वाचनपछि गर्ने १५ औँ महाधिवेशन गर्ने प्रस्ताव गरे पनि महाधिवेशन नरोकिने बताउनुभयो ।

‘पाँच वर्षभन्दा बाहिर जान पाइँदैन’

नेता विश्वकर्माले महाधिवेशनका सन्दर्भमा कांग्रेसभित्र बहस सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसमा समूहगत रूपमा निर्वाचन हुने भएकाले एकथरीले समयमै महाधिवेशन गर्छु भनेर इमानदारीपूर्वक काम गर्ने र अर्को पक्षले समयमा महाधिवेशन हुँदैन भनेर अस्तित्व जोगाउने गरेको देखिन्छ । यो दुई वटाको होडबाजी चलिरहेको हुनाले फरक फरक जस्तो लाग्छ तर महाधिवेशन हुनेमा शङ्का गर्नु पर्दैन ।”

उहाँले कांग्रेसले विधानबमोजिम पाँच वर्ष र संविधानबमोजिम पाँच वर्ष छ महिनाभन्दा बाहिर जान नपाइने बताउनुभयो । उहाँले चार र पाँच वर्षको बिचमा महाधिवेशन हुने बताउँदै चारै वर्षमा महाविधेशन हुन सम्भव नहुने प्रस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “यो समयावधिभन्दा बाहिर जान नपाउने भएपछि २०८४ पछि गर्ने भन्ने कुरा निरर्थक हुन्छ र चारै वर्षमा महाधिवेशन हुन्छ भन्ने पनि निरर्थक हुन्छ किनभने अहिलेसम्म क्रियाशील सदस्यता नवीकरणको विषय टुङ्गिएको छैन ।”

सहमहामन्त्री परियारले आगामी महाधिवेशनका लागि सङ्गठनलाई चलायमान बनाउन भ्रातृ सङ्गठनको अधिवेशन गर्दै १५ औँ महाधिवेशनको तयारीमा लाग्ने बताउनुभयो ।

आइतबार, माघ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.