• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

प्रणय दिवसमा पाँच करोडको गुलाब चाहिने, पचहत्तर प्रतिशत आयात भारतबाट

  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित

यस वर्षको प्रणय दिवस (भ्यालेनटाइन डे) का लागि पाँच करोड रुपियाँ बराबरको गुलाब खपत हुने भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रणय दिवसमा पाँच करोड १० लाख रुपियाँ बराबरको चार लाख २५ हजार स्टिम गुलाब खपत हुने भएको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले स्थानीय उत्पादनले माग धान्न नसक्दा प्रणय दिवसलक्षित छिमेकी मुलुक भारतबाट ७५ प्रतिशत गुलाब आयात हुने गरेको जानकारी दिनुभयो । बजारमा प्रतिस्टिम गुलाबको मूल्य न्यूनतम ९० रुपियाँदेखि एक सय रुपियाँसम्म रहेको उहाँको भनाइ छ ।

मुलुकमा माग अनुसार उत्पादन नहुँदा बर्सेनि प्रणय दिवसमा ठुलो परिणाममा गुलाब आयात हुने गर्छ । हरेक वर्ष गुलाबको माग १५ देखि २० प्रतिशत बढ्दै गए पनि मुलुकमा पर्याप्त उत्पादन नहुँदा बर्सेनि आयात गर्नु गरेको श्रेष्ठले जानकारी दिनुभयो । एसोसिएसनका अनुसार प्रणय दिवसमा काठमाडौँ उपत्यकामा दुई लाख ५५ हजार स्टिम र एक लाख ७० हजार स्टिम गुलाब उपत्यकाबाहिर खपत हुने गर्छ । गत वर्षको प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाबको फूल खपत भएको समेत एसोसिएसनले जनाएको छ ।

प्रणय दिवसबाहेक सामान्य दिनमा प्रतिदिन आठदेखि १० हजार स्टिम गुलाब फूलको माग हुने गरेको छ । नेपालमा मौसम अनुकूल मात्रै उत्पादन हुने र जाडो मौसमका कारण स्थानीय उत्पादन कम हुने हुँदा आयातमा भर पर्नु परेको व्यवसायीको भनाइ छ । नेपालमा गुलाब फूलको व्यावसायिक खेती चितवन, काभ्रेपलाञ्चोक र रुपन्देही जिल्लामा हुने गरेको छ । फेब्रुअरी महिनामा नेपालमा जाडो सिजन नै रहने भएकाले गुलाब फूलको उत्पादन कम हुने हुँदा आन्तरिक माग पूरा गर्न व्यवसायीले भारतबाट आयात गर्ने गरेका छन् । व्यवसायीका अनुसार प्रणय दिवस आउन एक साता बाँकी रहँदा बजारमा गुलाबको फूलको कारोबार बढ्दै गएको छ । शङ्खमुलका व्यापारी सन्दीप थापाले अन्य समयमा फाट्टफुट्ट मात्र बिक्री हुने गरेकामा प्रणय दिवसमा गुलाबको व्यापार दोब्बर तेब्बरले वृद्धि हुने गर्छ ।

विवाह, व्रतबन्धलगायतका पार्टीमा सजाउनका लागि समेत गुलाबको प्रयोग हुने गरेको उहाँको भनाइ छ । प्रणय दिवसमा आफ्ना प्रेमीप्रेमिकालाई गुलाब दिने चलन बढ्दै गएकाले पनि यसको व्यापार बढी हुने उहाँको भनाइ छ ।

 

आइतबार, माघ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.