• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • ९. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

महिला च्याम्पियनसिप फाइनल: नेपाल म्यानमारसँग २–० ले पराजित

  •   बुधबार, फागुन १४, २०८१ मा प्रकाशित

काठमाडौं , फागुन १४
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा नेपाल पाहुना टोली म्यानमारसँग २–० ले पराजित भएको हो। नेपालले समग्रमा खेलेको यो १३औं अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा हो।

नेपाल यसअघि साफ महिला च्याम्पियनसिपमा ६, दक्षिण एसियाली खेलकुदमा तीन तथा वाफ, हिरो महिला गोल्डकप र नादेज्दा कपमा समान एकपल्ट उपविजेता बनेको थियो। अर्कोतर्फ नेपालले एकै वर्षमा हार बेहोरेको तेस्रो फाइनल हो।

गत फागुनमा साउदी अरबमा सम्पन्न वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो। गत कात्तिक दशरथ रंगशालामै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि नेपाल बंगलादेशसँग २–१ ले पराजित भयो।

तेस्रो प्रयासमा नेपालको विजेता बन्ने लक्ष्य बुनेको थियो। तर, यसपल्ट पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा नेपालले उपविजेतामै सीमित हुन पुगेको हो। म्यानमारलाई उपाधि दिलाउन यु पेर खिनेले एक गोल गरिन्। एक गोल भने नेपालले उपहार दिएको हो।

खेलको २४औं मिनेटमा म्यानमारले सुनौलो अवसर गुमायो। सान थाह थाहले पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै प्रहार गरेकी थिइन्। तर, गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा बिट भइसकेको अवस्थामा रक्षक विमला विकले लाइन क्लियरेन्स गर्दिइन्।

३५औं मिनेटमा नेपालले पनि अवसर गुमायो। रेखा पौडेलले निकाल्दिएको बललाई बक्सबाट सावित्रा भण्डारीले प्रहार गरेकी थिइन्। तर, उक्त बल म्यानमारकी गोलकिपर म्या म्याले बचाइन्। रिबाउन्डमा रेखा र सरु लिम्बूले प्रयास गरे पनि सफल हुन सकेन।

योसँगै पहिलो हाफ नेपालले म्यानमारलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन। म्यानमारलाई ६३औं मिनेटमा खिनेले अग्रता दिलाइन्।

अञ्जिलालाई छक्याउँदै उनले प्रहार गरेको चिप बलले सिधै जाली चुम्यो। लगत्तै नेपालले अर्को गोल बेहोर्‍यो। म्यानमारकी कप्तान विन तुनको प्रहारलाई बचाउने क्रममा गीताको टाउकोमा बल लाग्दै पोस्टसम्म पुग्यो। त्यसपछि पनि दुवै टोलीले केही अवसर बुने पनि सफल हुन सकेन।नेपालले लिग चरणमा म्यानमारलाई २-२ को बराबरीमा रोकेको थियो।

बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ
धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा
अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा
जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ६.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

भर्खरै

  • १.
    सुनसरी घटनामा प्रचण्डको चिन्ता– सरकार अझ जिम्मेवार बन्नुपर्छ

  • २.
    धार्मिक सद्भाव जोगाउन सबै दल एक हुनुपर्छ : गगन थापा

  • ३.
    अचानक चक्कर र वान्तापछि बाबुराम भट्टराई ग्राण्डी अस्पतालमा

  • ४.
    जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट

  • ५.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिलः दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

  • ६.
    आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

  • ७.
    आज साउन १३ गते बुधबारको तपाइको राशिफल

  • ८.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.