• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक २२, २०८३
☰
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३. ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ४. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ५. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ६. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ७. रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ८. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ९. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • १०. प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिने जेलेन्स्कीको भनाइ

  •   शनिबार, फागुन १७, २०८१ मा प्रकाशित

काठमाडौँ-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग शान्ति स्थापना गर्ने कुरामा चकाचर्की भएपछि अमेरिकी टेलिभिजन फक्स न्यूजसँग बोल्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकासँगको आफ्नो सम्बन्ध अझै सुधारगर्न सकिने बताउनुभएको छ ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पसँगको सम्बन्ध लाई बचाउन सकिन्छ कि भनेर सोधिएको प्रश्नमा जेलेन्स्कीले भन्नुभयो, “पक्कै पनि।”

अमेरिका र युक्रेनबीचको सम्बन्ध ‘दुई राष्ट्रपति भन्दा बढी’ का लागि रहेको बताउँदै उहाँले युक्रेनलाई रूसको ठूलो र राम्रो सशस्त्र सेनाविरुद्धको लडाइँमा वासिङ्टनको सहयोगको खाँचो रहेको बताउनुभयो ।

जेलेन्स्कीले ट्रम्पको मनपर्ने समाचार च्यानल फक्ससँग भन्नुभयो, “अमेरिका र ट्रम्पको समर्थन बिना यो यात्रा पक्कै कठिन हुनेछ।”

राष्ट्रपति ट्रम्पले शुक्रबार पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले ‘बढी खेलिरहेको’ र तत्काल युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने बताउनुभएको थियो ।

तपाईँ ट्रम्पसँग माफी माग्न चाहनुहुन्छ त भन्ने प्रश्नमा जेलेन्स्कीले अस्वीकार गर्दै फक्स न्यूजसँग भन्नुभयो, “हामीले केही नराम्रो गरेका छौँ भन्ने मलाई लाग्दैन । यद्यपि, उहाँले पत्रकारहरूको अगाडि विवादको बिषयलाई धेरै आदानप्रदान नहोस् भन्ने आफूले चाहेको बताउनुभएको थियो ।”

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको कुराकानीमा जेलेन्स्कीलाई ‘हाम्रो समय खेर फालेकोमा माफी माग्न’ आग्रह गर्नुभएको छ ।

ट्रम्प र जेलेन्स्कीबीचको वार्तामा चर्काचर्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ओभल अफिसमा भएको वार्तामा दुई नेताबीच आफ्ना आफ्ना अडान राख्ने क्रममा चर्काचर्की भएको छ ।

वार्ताका क्रममा दुबै नेताले आफ्ना धारणा राख्ने क्रममा उहाँहरूबीच भनाभनको अवस्था आएको हो ।

वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेको कुरामा असहमति जनाएपछि आक्रोशित ट्रम्पले जेलेन्स्कीसँग भन्नुभयो, “तपाईंहरू या त सम्झौता गर्न तयार हुनुपर्छ। अमेरिका युक्रेनलाई सहयोग गर्ने बाटोबाट बाहिरिइसकेको छ।”

रुसमा अचानक अमेरिकी पहुँचलाई लिएर तनाव कम गर्ने उद्देश्यले भएको बैठकले उहाँहरूबीच भनाभनको अवस्था आएको हो ।

“तपाईं लाखौं मानिसहरूको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ। ’तपाईं तेस्रो विश्वयुद्ध निम्त्याउने जुवा खेल्दै हुनुहुन्छ र तपाईंले जे गरिरहनुभएको छ, त्यो यो देशप्रति अपमानजनक छ,” ट्रम्पले भन्नुभयो ।

अमेरिकी राष्ट्रपतिले हालै आफ्ना युक्रेनी समकक्षीलाई तानाशाहको संज्ञा दिएपनि युक्रेनको खनिज सम्पदा बाँडफाँड गर्ने र रुससँग शान्ति सम्झौताबारे छलफल गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निमन्त्रणामा जेलेन्स्कीले ह्वाइट हाउसको भ्रमण गर्नुभएको हो ।

फ्रान्स र बेलायतका नेताहरू पनि ह्वाइट हाउसमा आएर ट्रम्पलाई किएभसँगको सहकार्य नछोड्न गरिएको आग्रहपछि यो बैठक भएको हो ।

यद्यपि, उपराष्ट्रपति जेडी भान्सले युद्ध अन्त्यका लागि ‘कूटनीति’ आवश्यक रहेको बताएपछि आक्रोश चुलिएको थियो । भान्सको भनाइपछि जेलेन्स्कीले ‘कस्तो प्रकारको कूटनीति’ भनेर साध्नुभएको र भान्सले त्यसपछि उहाँलाई राष्ट्रपतिको कार्यालयमा ‘अपमानजनक’ भएको आरोप लगाउन्भएको थियो ।

विवादपछि निकै अपेक्षा गरिएको अमेरिका र युक्रेनबीच हुने भनिएको खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएन र जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिरिन भनियो।

राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि फक्स न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले आफु र ट्रम्पबीच हुन पुगेको विवाद ‘दुवै पक्षका लागि ठीक नभएको’ प्रतिक्रिया दिनुभयो ।

सो क्रममा उहाँले पछिल्लो घटनापछि पनि दुई देशबीच सम्बन्ध अगाडि बढ्न सक्ने आफ्नो विश्वास रहेको बताउनुभएको छ ।

वार्ताका क्रममा ट्रम्पले रुससँग लडाइँ गरेर युक्रेनले जित्न नसक्ने बताउनुभएको र जेलेन्स्कीले आफूले युद्धविराम चाहेको उल्लेख गरेको बताएको अमेरिकी राष्ट्रपतिको कार्यालय निकट स्रोतले जनाएको छ ।

युक्रेन ‘एक्लो छैन’ : युरोपेली नेता

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी युद्धविराम गराउन बाध्य पार्ने छन् भन्ने चिन्तामा रहेका अमेरिकी सहयोगी युरोपेली मुलुकका नेताले अमेरिकी र युक्रेनी नेताहरूबचिको चर्काचर्की सञ्चारमाध्यममा आएसँगै जेलेन्स्की र युक्रेनको समर्थनमा आफ्ना भनाइहरू सार्वजनिक गरेका छन् ।

युरोपेली आयोग र युरोपेली काउन्सिलका क्रमशः प्रमुख उर्सुला भोन डेर लेयेन र एन्टोनियो कोस्टाले जेलेन्स्की कहिल्यै एक्लो नभएको बताएका छन् ।

“बलियो बन्नुस्, साहसी बन्नुस् र निडर बन्नुस्”, भोन डेर लेयन र कोस्टाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै जेलेन्स्कीलाई भन्नुभयो, “हामी न्यायपूर्ण र स्थायी शान्तिका लागि तपाइको साथमा सहकार्य गरिरहनेछौँ ।”

यसैबीच, इयूका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले युरोपेली शक्ति र वासिङ्टनबीचको ट्रान्सएटलान्टिक गठबन्धनबारे अमेरिकी नेतृत्वमाथि प्रश्न उठाउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “आज, यो स्पष्ट भयो कि यो चुनौतीको सामना गर्नको लागि स्वतन्त्र विश्वलाई नयाँ नेताको खाँचो छ। यसका लागि हामी युरोपेलीहरू के गर्छौँ यसमा निर्भर रहनेछ ।”

वार्ता अवरूद्ध भएसँगै युक्रेनको समर्थनमा पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्कीलाई सङ्केत गर्दै भन्नुभयो, “तपाईं एक्लो हुनुहुन्न ।”

बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग फोनमा कुरा भएको र किएभलाई ‘अटुट समर्थन’ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले संयुक्त राज्य अमेरिका, युरोप र युक्रेनका सहयोगीहरूबीच ‘अविलम्ब’ शिखर सम्मेलन गर्न आह्वान गर्नुभएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेन युद्धमा रुस ‘आक्रमणकारी’ भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “आक्रमणकारी रुस हो । युक्रेनलाई सहयोग गर्ने र रुसलाई तीन वर्षअघि नै प्रतिबन्ध लगाउने र त्यसलाई निरन्तरता दिने हाम्रो निर्ण सही थियो ।”

जेलेन्स्कीविरुद्ध ट्रम्पले लगाएको आरोपलाई संकेत गर्दै उहाँले भन्नुभयो, “यदि कोही तेस्रो विश्वयुद्धमा खेलिरहेको छ भने त्यो रूसी नेता पुटिन हुन् ।”

जर्मनीका सम्भावित चान्सलर फ्रेडरिक मर्जले जेलेन्स्कीलाई समर्थन गर्ने आश्वासन दिनुभएको छ ।

“हामीले यस भयानक युद्धमा आक्रमणकारी र पीडितलाई कहिल्यै भ्रमित गर्नु हुँदैन,” मर्जले भन्नुभयो । निवर्तमान चान्सलर ओलाफ स्कोल्जले पनि युक्रेनको समर्थन गर्नुभएको छ भने विदेशमन्त्री एनालेना बेयरबोकले पनि किएभको ‘शान्ति र सुरक्षाको खोजी हाम्रो हो’ भन्नुभएको छ ।

यसैबीच, हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैका निकटतम साझेदारमध्येका एक ओर्बानले शान्तिका लागि बहादुरीका साथ उभिएकोमा धन्यवाद दिनुभएको छ ।ओर्बानले एक्समा लेख्नुभएको छ, “शक्तिशाली मानिसले शान्तिको पक्षमा माहोल बनाउँछ, कमजोर मानिसले युद्ध गर्छ ।”

इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनीले संयुक्त राज्य अमेरिका, युरोप र तिनका सहयोगीहरूलाई युक्रेन युद्धको विषयमा एकजुट हुन आह्वान गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “ढिलो नगरी शिखर सम्मेलन आवश्यक छ । युक्रेनबाट सुरु भएको आजको प्रमुख चुनौतीहरूको सामना कसरी गर्ने भन्ने बारेमा हामी स्पष्ट रूपमा कसरी कुरा गर्न चाहन्छौँ।”

“युक्रेनका लागि नेदरल्याण्डको समर्थन अझै कम भएको छैन”,प्रधानमन्त्री डिक स्कूफले एक्समा भन्नुभयो, “विशेष गरी अहिले हामी स्थायी शान्ति चाहन्छौं र रूसले सुरु गरेको आक्रमणको युद्धको अन्त्य चाहन्छौँ।”

किएभ कट्टर सहयोगी पोल्याण्डले विवादपछि युक्रेनीहरूलाई आश्वस्त पार्न कदम चालेको थियो।पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्कीलाई सम्बोधन गर्दै भन्नुभयो, “प्रिय युक्रेनी मित्रहरु, तपाईं एक्लो हुनुहुन्न ।”

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युद्धग्रस्त युक्रेनको पक्षमा आफ्नो देश उभिने बताउनुभएको छ ।“युक्रेनी मित्रहरू, स्पेन तपाईंहरूको साथमा उभिएको छ,” सन् २०२२ मा रुसले गरेको आक्रमणपछि युक्रेनका कट्टर समर्थक सान्चेजले एक्समा लेख्नुभएको छ ।

 

शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्यो लक्ष्मीपूजा, यो उज्यालो
पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
तिहारमा मिठाई र बत्तीको व्यापार
आज कुकुरतिहार र लक्ष्मीपूजा
आज कार्तिक २१ गते आइतबारको तपाइको राशिफल
‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक, विजय र अञ्जनाको आकर्षक नृत्य

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ३.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र

  • ४.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ५.
    आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ६.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष

भर्खरै

  • १.
    त्यो लक्ष्मीपूजा, यो उज्यालो

  • २.
    पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

  • ३.
    तिहारमा मिठाई र बत्तीको व्यापार

  • ४.
    आज कुकुरतिहार र लक्ष्मीपूजा

  • ५.
    आज कार्तिक २१ गते आइतबारको तपाइको राशिफल

  • ६.
    ‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक, विजय र अञ्जनाको आकर्षक नृत्य

  • ७.
    विष्णु माझी र बसन्त थापाको नयाँ गीत ‘फूल प्याउली’ सार्वजनिक

  • ८.
    कोप–३१ मा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.