चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरे लामो झरना खोलामा कार खस्दा एक भारतीय नागरिकको मृत्यु भएको छ।
२०८३ कात्तिक १८ गते दिउँसो करिब २ः३० बजे जलबिरे झरनाबाट फर्किने क्रममा भारतीय नम्बर प्लेटको WB 02 AP 3458 नम्बरको कार अनियन्त्रित भई खोलामा खसेको हो।
दुर्घटनामा घटनास्थलमै मृत्यु भएका पुरुषको साथबाट भारतको पश्चिम बंगालस्थित कालिम्पोङ निवासी ४१ वर्षीय SAYANTAN GAYEN नामको राहदानी फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त कारमा चालक मात्रै सवार रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया


