• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक २२, २०८३
☰
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३. ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ४. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ५. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ६. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ७. रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ८. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ९. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • १०. प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

त्यो लक्ष्मीपूजा, यो उज्यालो

  •   आइतबार, कार्तिक २२, २०८३ मा प्रकाशित

काठमाडौँ, कात्तिक २२ गते । कुनै समय लक्ष्मीपूजाको साँझ घर घरमा बत्ती बाल्नसमेत विद्युत् आउने समय कुर्नुपर्ने अवस्था थियो । दैनिक १२ देखि १८ घण्टासम्मको लोडसेडिङले दैनिकी प्रभावित बनाएको नेपाली समाजमा तिहारको झिलिमिली पनि विद्युत् कटौतीको तालिकामा निर्भर हुन्थ्यो ।

तर २०७३ कात्तिक १४ गते देखिका लक्ष्मी पुज्ने औँसीले अँध्यारो झेल्नु परेन । गाईतिहारे औँसीमा काठमाडौँ पूरै बिजुलीले उज्यालियो । यो काठमाडौँ उज्यालिएको दिन मात्र थिएन, ‘लोडसेडिङमुक्त नेपाल’ बन्ने अभियानको ऐतिहासिक प्रस्थानविन्दु बनेको थियो । लोडेसेडिङ हटेको त्यो लक्ष्मीपूजाको आज एक दशक पूरा भएको छ ।

धेरैले पत्यार नगर्दानगर्दै पनि त्यस वर्ष लक्ष्मीपूजाको साँझ काठमाडौँ उपत्यकामा विद्युत् कटौती नगरी आपूर्ति व्यवस्थापन गरियो । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा गरिएको उक्त प्रयास सफल भएपछि लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्ने विश्वास जागेको थियो । त्यसपछि क्रमशः काठमाडौँ उपत्यका हुँदै देशका प्रमुख सहर र औद्योगिक क्षेत्रमा समेत विद्युत् कटौती अन्त्य गर्ने अभियान अघि बढ्यो ।

उपलब्ध पूर्वाधार र विद्युत्को आपूर्तिलाई वैज्ञानिक व्यवस्थापन, कर्मचारीको साथले त्यो लक्ष्मीपूजादेखि नेपाल लोडसेडिङमुक्त अवस्थामा पु¥याउन सकेको स्मरण घिसिङको छ । सबैभन्दा धेरै विद्युत् माग हुने दिनका रूपमा त्यो लक्ष्मीपूजामा काठमाडौँ उपत्यकामा निर्बाध ३१५ मेगावाट विद्युत् आपूर्ति गर्न सक्दा नयाँ अभियानकै प्रस्थानविन्दु बन्न पुगेको थियो ।

त्यो एउटा लक्ष्मीपूजाको सफल व्यवस्थापन मात्रै थिएन, नेपालको ऊर्जा व्यवस्थापनमा आएको परिवर्तनको सङ्केत पनि थियो । विद्युत् अभावलाई नियति ठान्नुपर्ने अवस्थाबाट अहिले चाडपर्वमा समेत आन्तरिक उत्पादनले माग धान्न सक्ने अवस्थामा आइपुगेको छ ।

यस वर्षको लक्ष्मीपूजामा पनि नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति सहज हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार सात सय मेगावाट पुग्ने अनुमान छ । त्यस अवधिमा आन्तरिक विद्युत् उत्पादन करिब दुई हजार पाँच सय मेगावाट हुने प्रक्षेपण छ । यस अनुसार अनुमानित मागभन्दा उत्पादन करिब आठ सय मेगावाट बढी हुने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लक्ष्मीपूजाका दिनको अनुमानित माग पूरा गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने बताउनुभएको छ । उत्पादन मागभन्दा बढी हुने भएकाले पर्वका समयमा विद्युत् आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुने उहाँको भनाइ छ ।

“विद्युत् उत्पादनको अवस्था सहज रहे पनि चाडपर्वका समयमा वितरण प्रणालीमा आउन सक्ने प्राविधिक समस्या रोक्न प्राधिकरणले विशेष तयारी गरेको छ,” उहाँले भन्नुभयो, “तिहार तथा छठपर्वमा नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न चौबिसै घण्टा तयारी अवस्थामा छौँ ।”

यसका लागि कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेर पर्व अवधिको आपूर्ति व्यवस्थापन र सम्भावित चुनौतीबारे समीक्षा पनि भएको छ । प्रणाली सञ्चालन विभाग (एलडिसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी प्रणालीको निगरानी र जनशक्ति परिचालनबारे समन्वयसमेत गरिएको प्राधिकरणले जनाएको छ ।

तिहारमा घर घरमा झिलिमिली बत्ती, विद्युतीय सजावट तथा विभिन्न उपकरणको प्रयोग बढ्ने भएकाले केही सावधानी भने अपनाउन प्राधिकरणले आग्रह गरेको छ । घरमा प्रयोग हुने तार तथा विद्युतीय उपकरणको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

आइतबार, कार्तिक २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
तिहारमा मिठाई र बत्तीको व्यापार
आज कुकुरतिहार र लक्ष्मीपूजा
आज कार्तिक २१ गते आइतबारको तपाइको राशिफल
‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक, विजय र अञ्जनाको आकर्षक नृत्य
विष्णु माझी र बसन्त थापाको नयाँ गीत ‘फूल प्याउली’ सार्वजनिक

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ३.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र

  • ४.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ५.
    आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ६.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष

भर्खरै

  • १.
    त्यो लक्ष्मीपूजा, यो उज्यालो

  • २.
    पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

  • ३.
    तिहारमा मिठाई र बत्तीको व्यापार

  • ४.
    आज कुकुरतिहार र लक्ष्मीपूजा

  • ५.
    आज कार्तिक २१ गते आइतबारको तपाइको राशिफल

  • ६.
    ‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक, विजय र अञ्जनाको आकर्षक नृत्य

  • ७.
    विष्णु माझी र बसन्त थापाको नयाँ गीत ‘फूल प्याउली’ सार्वजनिक

  • ८.
    कोप–३१ मा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.