• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

कैदीबन्दीको कमाइ मासिक पैँतालिस हजारसम्म

  •   बुधबार, चैत ०६, २०८१ मा प्रकाशित

गुल्मी कारागारका कैदिबन्दिहरुको मासिक कमाई ४५ हजार रुपियाँसम्म रहेको छ ।

गुल्मी कारागारमा क्षमताभन्दा पाँच गुणा कैदिहरु बस्छन् । उनिहरुले कारागार भित्रै उद्योग सञ्चालन गरेका छन् । जहाँबाट वर्षको तीन करोड २६ लाख रुपियाँभन्दा बढीको सामग्री उत्पादन र बिक्रीवितरण हुन्छ । पुरुषले न्यूनतम सात हजारदेखि ४५ हजार रुपियाँसम्म कमाउँछन् । कारागारमा काम नगर्न छुट कसैलाई पनि छैन । क्षमता अनुसार काम र दामको व्यवस्था छ ।

एक जना कैदी काष्ठकलामा अब्बल छन् । उनी बाहिर हुँदा पनि ३० वर्ष काठकै काम गर्थे, जसका कारण कारागारमै मासिक ४५ हजार कमाइ छ । त्यस्तै फर्निसिङको काममा दक्ष कैदीले मासिक ३२ हजार कमाउँछन् । फर्निचरमा काम गर्ने ३५ जनाभन्दा बढी कैदीबन्दी छन् । ४१ जना कैदीबन्दीले मुढाको काम गर्छन् । कारागारमा बाँसको सिन्का चिर्नेको पनि न्यूनतम मासिक सात हजार कमाइ रहेको कारागारका लेखापाल उमेश अर्यालले बताउनुभयो ।

कारागारमा २०८० वैशाख १ देखि काष्ठकला र फर्निचरको काम सुरु भएको हो । कारागारमा सबैभन्दा बढी मूल्य पर्ने अष्टनागको आकृतिसहित सालको काठको चौकोस निर्माण हुन्छ, जसको मूल्य आठ लाख रुपियाँ रहेको छ । एउटा चौकोस निर्माण गर्न तीन जना जनशक्तिले एक महिना काम गर्नु पर्छ । त्यस्तै भक्तपुरे आँखी झ्याल, फोटो फ्रेम, दराज टेबलसहितका आवश्यक सबै फर्निचर सामग्री निर्माण गरिन्छ । काष्ठकलाका सामग्री व्यक्तिगत साथै सरकारी कार्यालय र मठमन्दिरमा समेत प्रयोग भइरहेका छन् । अर्जुन भगवती मन्दिर, शृङ्गेश्वरधामका मन्दिर, सिद्धबाबा मावि, अर्खले सभाहरूमा कारागारका काष्ठकला तथा फर्निचरका सामग्री प्रयोग भइरहेका छन् ।

गुल्मी कारागारको सबैभन्दा पुरानो उत्पादन बाँसको मुढा हो । कारागारका ४१ जनाले दैनिक मुढा बुन्छन् । मुढाको माग धेरै छ । काष्ठकला फर्निचर र मुढाका सामग्री जिल्लामै सबैभन्दा बढी खपत हुने गरेको छ । त्यसबाहेक महिला कैदीबन्दीले बर्सौंदेखि घरेलु हस्तकलाका सामग्री सल, टोपी, सुटपाइन्ट, सुइटरलगायतका सामग्री निर्माण गर्ने गरेका छन् । उनीहरूका सामग्री पोखरा, पाल्पा, काठमाडौँ, रसुवा, इलाम, सिराहादेखि जापानमा समेत कोसेलीका रूपमा पुग्ने गरेका छन् ।

कारागारमा कृषि क्षेत्रमा समेत काम भइरहेको छ । त्यहाँ उत्पादित फूल कोपी, ब्रोकाउली, साग र प्याजका बिरुवाकोसमेत सिजनमा साढे दुई लाखको कारोबार हुने गरेको छ । कारागारका चौकीदार हरि थापाका अनुसार वार्षिक रूपमा काष्ठकला र फर्निसिङका सामग्रीबाट वार्षिक दुई करोड, मुढाबाट एक करोड २० लाख, घरेलु हस्तकलाका सामग्रीबाट साढे चार लाख र कृषि क्षेत्रबाट साढे दुई लाख गरेर न्यूनतम तीन करोड २६ लाख, ५० हजार रुपियाँ बराबरको कारोबार हुने गरेको छ ।

गत वर्ष छ करोडको कारोबार भएको थापाले जानकारी दिनुभयो । कारागारमा नौ वटा विभाग छन् । सबैका जिम्मेवारी तोकिएको छ । आफ्नो काम अनुसारको पारिश्रमिक भनेकै समयमा आउँछ । सबैलाई सिसी क्यामराकै निगरानीका आधारमा काममा लगाउने चौकीदार थापाले बताउनुभयो । कारागारलाई औद्योगिक ग्रामका रूपमा विकास गर्न थालिएको भए पनि कारागारको जग्गा र संरचना अभावमा समस्या भएको जेलर रेश्मीराज पन्थीको भनाइ छ ।

बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.