काठमाडौं ,बैशाख १६
इन्डियन प्रीमियर लिग आइपिएलमा राजस्थान रोयल्सका १४ वर्षीय ब्याटर वैभव सुर्यवंशीले शतक प्रहार गरेका छन् । गुजराट टाइटन्सविरुद्ध ३५ बलमा शतक पूरा गरेका हुन् ।
आइपिएलमा कम उमेरमा शतक पूरा गर्ने खेलाडी बनेका छन् । यस्तै आइपिएलमा सर्वाधिक छिटो शतक पूरा गर्ने खेलाडीको सूचिमा वैभव दोस्रो स्थानमा छन् ।पहिलो स्थानमा क्रीस गेल छन् । उनले ३० बलमा शतक पूरा गरेका थिए । २१० रनको लक्ष्य पछ्याएको राजस्थान जित नजिक पुगेको छ ।
सूर्यवंशीको शानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराएको छ । राजस्थानले गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको हो ।गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
३८ बलको सामना गरेका वैभवले ७ चौका र ११ छक्कासहित १०१ रन तथा जैसवालले अविजित ७० रन बनाए ।कप्तान रियान पराग ३२ रनमा नटआउट रहे । प्रसिध कृष्णा र राशिद खानले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो । कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको योगदान दिए भने जस बट्लर ५० रनमा नटआउट रहँदा साइ सुदर्शनले ३९ रन बनाए ।
राजस्थानका महीश थिक्सानाले २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १-१ विकेट लिए ।यस जितपछि १० खेलमा ६ अंक भएको राजस्थान आठौं स्थानमा उक्लिएको छ । ९ खेलमा १२ अंक भएको गुजरात तेस्रो स्थानमा छ


