• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

मोबाइलमा दुधको घण्टी !

  •   बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित

रेसुङ्गा , जेठ ८ । गुल्मीको सत्यवती–४, एक्सिङकी राधिका गैरे गाहाको मोबाइलमा महिना मर्नेबित्तिकै दुधको भुक्तानी घण्टी बज्छ । स्याङएक्सिङ कृषि तथा पशुपालन महिला समूहकी सदस्यसमेत रहनुभएकी उहाँको एउटा भैँसी र गाई छ । अर्को गाई थप्ने योजना छ । गैरेले अहिले दैनिक बिहान साँझ गरेर २४ लिटर दुध बेच्नुहुन्छ । मासिक ४५/५० हजार रुपियाँ कमाउनुहुन्छ । बिहे भएर घर आउँदा जीविकोपार्जनको कुनै उपाय नै थिएन । घरेलु मदिरा पारेरै कैयौँ वर्ष बिताउनुभएकी गैरेको जीवन फेरिन भने धेरै समय लागेन ।

स्थानीय सरकार बनेपछि गाउँपालिकाले कृषि र पशुपालनको योजना बनायो । महिला एकीकृत बने । सिप र अनुदान पाएपछि सत्यवती गाउँपालिका–४, एक्सिङका महिला मदिरा छाडेर पशुपालनमा जोडिए । गैरेले भन्नुभयो, “त्यो बेला कमाइको विकल्प थिएन, मदिराले गर्जो मात्रै चल्थ्यो । मदिरा व्यापारले समाजमा इज्जत पनि हुन्नथ्यो अनि लडाइँ झगडा धेरै हुन्थ्यो ।” अहिले राधिकाले परदेश जानुभएका श्रीमान् तिलक गाहालाई पनि गाउँ फर्काएर कृषिसँगै कुटानीपिसानी व्यवसायमा जोड्नुभएको छ । उहाँले सत्यवती गाउँपालिकाले अनुदान अनि सिप पनि दिइरहेको बताउनुभयो ।

एक्सिङकै मीना सारुले पनि डेढ दशक मदिरा पारेर जीविकोपार्जन गर्नुभयो । अहिले चाडपर्वबाहेक मदिरा उत्पादन हुँदैन । घरमा समूहबाट किनेका दुई वटा गाई छन् । सारुको मोबाइलमा पनि महिना मरेपछि करिब ६० हजार रुपियाँ आउँछ । श्रीमान् झमानसिंह सारू र आफ्नो सबै समय पशुपालनमा खर्च भइरहेको छ । याङएक्सिङ कृषि तथा पशुपालन महिला समूहको सदस्य भएकाले ऋण लिएर ६० हजार रुपियाँमा गाई किन्नुभएकी सारुलाई पालिकाले २५ हजार अनुदान दियो ।

एक्सिङका राधिका र मीना जस्तै अधिकांश जनजाति महिला अचेल मदिरा उत्पादन छाडेर पशुपालन गर्छन् । एउटै गाउँका ४०/४५ जना महिलाले व्यावसायिक रूपमा पशुपालन गर्दै आएका छन् । सत्यवती दुग्ध उत्पादक सहकारी संस्थाले सबैभन्दा धेरै दुध सङ्कलन गर्ने गरेको छ । सत्यवती दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालक गोकर्ण भण्डारीले लिम्घाका विभिन्न ठाउँ र खैरेनी बजारको समेत गरेर दैनिक सात सय लिटरसम्म दुध सङ्कलन गर्ने सहकारीले दही, पनिर उत्पादनलगायत दुग्ध विकास संस्थानलाई दुध बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले बर्सेनि दुध उत्पादन वृद्धि भए पनि विविधीकरणमा काम गर्न नसकिएको बताउनुभयो ।

गाउँमा २०७३ सालबाट पशुपालन बढेको छ । पहिले थोरै थोरै उत्पादन हुन्थ्यो । सत्यवती गाउँपालिकाले एकल कम्पनीबाट भन्दा समूहमार्फत दुध उत्पादन विस्तार गर्दा धेरै जनाको परिवारसम्म पैसा पुग्ने भएकाले संस्थागत उत्पादन र बजारीकरणमा जोड दिएको छ । पशु प्राविधिक नारायण खनालले गाउँपालिकाले प्रतिगाई २५ हजार अनुदान र तालिमसहित सङ्कलन केन्द्रका लागि सहजीकरण गरिरहेको बताउनुभयो । खनालका अनुसार अघिल्लो वर्ष एक लाख ६४ हजार लिटर दुध सत्यवती दुग्ध उत्पादक सहकारी संस्था र अस्लेवा, ठुलोलुम्पेक र चेहेमीबाट बिक्री भएको बताउनुभयो ।

खनालका अनुसार गाउँपालिकाको उत्पादनमा आधारित अनुदानमार्फत दुई सय लिटरभन्दा माथि उत्पादन गर्ने कृषकलाई प्रतिलिटर तीन रुपियाँ अनुदान दिएको छ । खनालले गत वर्ष सत्यवतीबाट दुई करोड रुपियाँभन्दा बढीको दुध बिक्री भएको र अहिले वृद्धि भएर तीन करोड रुपियाँ पुग्ने दाबी गर्नुभयो । गाउँपालिकामा २०२ जना किसान दुध उत्पादनमा जोडिएका छन् । दुधबाटै व्यक्तिगत रूपमा दुई लाख रुपियाँसम्म मासिक कमाउने छन् ।

सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले पहाडको समृद्धिको आधार नै कृषि भएकाले आफूहरू योजनाबद्ध रूपमा कृषि र पशुपालनमा जोडिएको बताउनुभयो । उहाँले अनुदान, सिप र उपकरणमा सहयोग तथा बजारीकरणमा पालिकाले सहजीकरण गरिरहेको बताउनुभयो ।

बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.