• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

मौरीपालनबाट अब्बल आम्दानी

  •   शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित

बेनी , जेठ ३०  । बेनी नगरपालिका–५, डडुवाकी रामकुमारी खत्रीलाई घरखर्च सकिँदा कुनै चिन्ता हुँदैन । दैनिक घरखर्च चलाउने पैसा सकियो भने उहाँ मौरीको घार खोलेर मह निकाल्नुहुन्छ र गर्जो टार्नुहुन्छ । यसै गरी उहाँका ३० वर्ष बितिसकेका छन् । उहाँ म्याग्दी जिल्लाकै नमुना कृषकमा पर्नुहुन्छ ।

रामकुमारीलाई मौरीको घार विगत ३० वर्षयता बैङ्क जस्तै लाग्ने गरेको छ । सानै उमेरमा विवाह गरेकी रामकुमारीको जीवन मौरीपालनबाट फेरिन धेरै समय पर्खिनु परेन । मौरीपालनबाट उहाँले अहिले वार्षिक रूपमा १५ देखि २० लाख रुपियाँ सजिलै कमाउँदै आउनुभएको छ । उहाँको घरवरिपरि मौरीका घारैघार देखिन्छन् ।

“छोराछोरी हुर्काउने, पढाउने, औषधि उपचारलगायतको घरखर्च चलाउन मलाई कुनै चिन्ता छैन, साथमा पैसा सकियो भने घार खोलेर मह काढ्छु,” उहाँले भन्नुभयो, “मौरीको घार मेरा लागि बैङ्कमा राखेको पैसा जस्तै भएको छ । जतिबेला चाहिन्छ, उति नै बेला निकाल्न पाइने । मह निकाल्यो, पैसा हातमा प¥यो ।” मह बिक्री गरेर नै रामकुमारीले दुई छोरा र एक छोरीलाई स्नातकोत्तरसम्मको शिक्षा दिलाइसक्नुभएको छ । उहाँको जेठो छोरा बैङ्कमा जागिरे हुनुहुन्छ भने एक छोरा र छोरीले घरैमा आमालाई सघाउँदै आउनुभएको छ ।

विसं २०५० तिर रेडियो नेपालमा प्रसारण हुने कृषि कार्यक्रममा मौरीपालनसम्बन्धी जानकारी सुनेर रामकुमारी र उहाँका श्रीमान् मीनबहादुर खत्रीले एउटा घारबाट मौरीपालन व्यवसाय थाल्नुभएको थियो । कृत्रिम आहाराको व्यवस्थापन गर्नु नपरी प्राकृतिक चरणबाटै अहिले दुई सय मौरीका घारबाट रामकुमारीले मह उत्पादन गर्दै आउनुभएको छ । रामकुमारी जिल्लामै पहिलो मौरीपालक कृषक हुनुहुन्छ । खत्रीकहाँबाटै घार लगेर जिल्लाका अन्य किसानले पनि मौरीपालन व्यवसाय थालेका छन् । मौरीपालन व्यवसाय गर्ने रुचि भएकाले काठमाडौँको गोदावरीमा गएर रामकुमारीका श्रीमान्ले एक हप्ताका तालिम लिएपछि मौरी पाल्न सहज भएको खत्री दम्पतीको भनाइ छ ।

रामकुमारीका श्रीमान् मीनबहादुर खत्री स्थानीय ज्योति आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । रामकुमारीले अहिले पनि श्रीमान्को शिक्षक पेसाभन्दा धेरै पैसा मह बिक्री गरेर कमाउनुहुन्छ । दुई छोरा र एक छोरीलाई समेत मौरीपालनको ज्ञान र सिप रामकुमारीले सिकाउनुभएको छ । घरमै भएका छोराछोरीले आमालाई सघाउँदै आउनुभएको छ । छोरा सुरेशले भन्नुभयो, “आमाले काम गरेको देखेर मैले पनि मौरी स्याहार्न सिकेको छु । मौरीको हेरचाह र मह निकाल्ने तरिका मलाई आमाले सिकाउनुभएको छ ।”

रामकुमारी खत्रीले करिब दुई सय मौरीका घारबाट वार्षिक पाँच सय केजीसम्म मह उत्पादन गर्दै आउनुभएको छ । मह प्रतिकेजी एक हजार आठ सय रुपियाँमा बिक्री हुने उहाँ बताउनुहुन्छ । महको माग अनुसार पु¥याउन कठिन भएको उहाँको भनाइ छ । पछिल्ला केही वर्ष रामकुमारीले मौरीका घारसमेत बिक्री गर्दै आउनुभएको छ । मौरीसहित प्रतिघार नौ हजार पाँच सयदेखि १० हजार रुपियाँसम्ममा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । वार्षिक रूपमा तीन सय घारको माग आए पनि एक सयसम्म घार बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

मह र घार बिक्री गरेर वार्षिक रूपमा १५ देखि २० लाख रुपियाँसम्म आम्दानी हुने रामकुमारीले सुनाउनुभयो । वर्षमा तीन पटक मङ्सिर, फागुन र जेठमा मह निकाल्ने उहाँले बताउनुभयो । एउटा घारबाट बढीमा छ केजीसम्म मह उत्पादन हुने उहाँले बताउनुभयो । मह बिक्री गरेर रामकुमारीले पोखरा र चितवनमा गरेर करिब डेढ करोड रुपियाँ बराबरको जग्गाजमिन जोड्नुभएको छ ।

शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.